व्यासमा पर्यटकीय स्थलको भिडियो प्रतियोगिता

भञ्ज्याङ न्यूज

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा व्यास नगरपालिका, व्यास नगर युवा परिषद्को आयोजनामा व्यास नगरका पर्यटकीय स्थलको पर्यटन सम्बन्धी भिडियो प्रतियोगिता गरिएको छ । छ समुहले भाग लिएको सो संक्षिप्त भिडियो प्रतियोगितामा बिकल श्रेष्ठको समुह प्रथम, किरन थापाको समुह द्धित्तीय र पवन सिग्देलको समुह तृत्तीय भएका छन् । प्रतियोगिताका प्रथम, द्धित्तीय र तृतीयलाई क्रमशः १० हजार, ७ हजार र ३ हजार रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरिएको छ ।

विजेतालाई पुरस्कार प्रदान गर्दै व्यास नगरपालिकाका उपप्रमुख मीरा जोशीले युवाहरुको प्रतिभालाई प्रस्फुटन गर्ने माध्यमका रुपमा भिडियो प्रतियोगिता उत्कृष्ट रहेको चर्चा गर्दै आगामि दिनमा यस्ता प्रतियोगितालाई निरन्तरता दिने बताइन् । प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख एवं व्यास युवा परिषद्का अध्यक्ष वैकुण्ठ न्यौपानेले पर्यटकीय क्षेत्रको विकास नगर क्षेत्रको विकासको लागि महत्वपूर्ण विषय भएको चर्चा गरे । उनले पर्यटकीय क्षेत्रको पहिचानका लागि युवाहरुले शसक्त भएर काम गर्न सक्नुपर्ने बताए ।

व्यास नगरपालिकाका प्रवक्ता एवं वडा नं ५ का वडाध्याक्ष मोहन कुमार श्रेष्ठ र वडा नं १४ का वडाध्यक्ष काजिमान श्रेष्ठले प्रतिष्पर्धाले कमि कमजोरीलाई सुधारेर अगाडि बढ्न प्रेरणा मिल्ने उल्लेख गर्दै युवाहरु सशक्त भएर अगाडि नबढेसम्म विकासको गति मजबुत नहुने बताए ।

पर्यटनविद हरिसं गुरुङको संयोजकत्वमा सदस्यद्वय डा. शेषरमण न्यौपाने र विना कैनी रहनुभएको निर्णायक समितिले निकालेको नतिजा अनुसार कार्यक्रम समापनका अवसरमा सहभागि लियो क्लब अफ तनहुँ, रोट्र्याक्ट क्लब अफ वेदव्यास र आश्वीन श्रेष्ठ सहितको समुहलाई पनि सम्मानित गरिएको थियो ।

प्रतियोगिताका अवसरमा सहभागि प्रतियोगिहरुले व्यास नगरपालिका भित्रका धार्मिक ऐतिहासीक तथा पर्यटकीय स्थलहरुको विश्लेषणसहित भिडियो प्रस्तुति गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker