बंगुर पालनमा रमाउँदै, मनग्य कमाउँदै चापाघाटका आले

भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिका-५ चापाघाटको सिर्दीस्थित बङ्गुर फार्ममा अहिले ४० बङ्गुर छन् । योसँगै फार्म सुङ्गुर र बँदेल गरी पाँच छन् । तनहुँका झलकबहादुर आलेको सो फार्ममा अहिले रु १५ लाख मूल्य बराबरका बङ्गुर, सुगुर रहेका छन् । व्यास नगरपालिका-५ चापाघाटस्थित सिर्दीमा रु २२ लाखमा दश रोपनी जग्गा किनेर बङ्गुरपालन व्यवसाय सुरु गरेका आलले मासु र पाठापाठी बेचेर दैनिक रु ४० हजारदेखि एक लाख लाखसम्मको कारोवार गर्छ। ‘फार्म’मा लगानी बढेर अहिले करिब एक करोड पुगेको अनुमान उनको छ । ऋषिङ गाउँपालिका-५ राम्जाकोटबाट विसं २०६० मा दमौली झरेका आलेले सुरुमा मासु व्यवसाय गरे ।

विसं २०७० मा मासु व्यवसायसँगै उहाँले बङ्गुरपालन सुरु गरे । ‘फार्म’मा आलेको परिवारबाहेक अन्य दुइ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । उहाँले निर्माण गरेका नौ वटा खोरमा बङ्गुर ४०, सुङ्गुर र बँदेल पाँच गरी कूल ४५ वटा रहेका छन् । उनले दमौलीमै मासु पसल लाइनमा तीन वटा मासु पसल खोलेका छन् । बङ्गुर काटेर आफू र अन्य मासु व्यवसायीलाई समेत होलसेलमा बिक्री गर्दै आएका छन् ।

मासु पसल र बंगुरपालन व्यवसायबाट आलेले व्यास-३ देउराली नगरमा तीन तले पक्की घर निर्माण गरेका छन् । बङ्गुर र राँगो पाल्नका लागि दुइजना कर्मचारीको व्यवस्थापन गरिएको र उनीहरूलाई खाना बस्न दिएर मासिक रु बीस हजार तलब दिइरहेको आलेले बताए । “एक महिना पुगेका पाठापाठीलाई पाँच हजार पर्छ, मासुको बजार मूल्य भने अहिले प्रतिकेजी रु ४०० छ”, उनले बताए । एउटै बंगुरले १७ वटासम्म पाठापाठी जन्माउँदछन्। थोरैमा पनि पाँच/छ वटा जन्मन्छन्। एकसाथ धेरै माउ ब्याउँदा खोर भरिभराउ हुन्छ। तीन महिना २१ दिनमा बङ्गुर ब्याउँछ । मासु भन्दा पाठापाठी बेच्दा बढी फाइदा उठने गरेको उनको भनाइ छ ।

“मासिक त्यस्तै १२/१५ लाखसम्म आम्दानी हुन्छ”, उनले भने, “अहिलेसम्म सबै लगानीमै गएको छ, खर्च पनि उस्तै छ ।” लगानी थप्दै गएपछि पछि मुनाफा बढ्ने उनको विश्वास छ । अहिले भएको खोर अपुग देखिएकाले थप्ने योजना छ । बङ्गुरको दाना, कामदार व्यवस्थापन र ढुवानीमा बढी खर्च छ । ठूलो लगानीमा बङ्गुरपालन सुरु गरे पनि सरकारी क्षेत्रबाट कुनै सहयोग नपाएको उनको गुनासो छ ।

उक्त क्षेत्रमा रहेका ३६ वटा मासु व्यवसायीमध्ये बंगुरपालन गरी बङ्गुरको धेरै मासु बिक्री गर्ने आले नै हुन । अधिकांश मासु पसलमा उनले नै बङ्गुर, सुङ्गुरको मासु पठाउने गरेको छ । उनका अनुसार बँदेलको मासु प्रतिकिलो रु ६००, सुङगुर रु पाँच सय र बङ्गुर/राँगो रु चार सयमा बिक्री गर्ने गरेको उहाँकी श्रीमती कृष्णमायाले बताइन् ।

“मासु पसलमा तीनजना जनशक्ति राखेर ग्राहकलाई सेवा प्रदान गर्दै आएका छौ”, उनले भनिन्, “कोभिडको समयमा मासुको व्यपार कमी भए पनि अहिले पुरानै अनुपातमा मासु बिक्री हुन थालेको छ ।” पछिल्लो समय मासु र पाठापाठीको माग बढेपछि बङ्गुरपालन व्यवसाय फस्टाएको छ । राम्रो कमाइका लागि किसान बङ्गुरपालनमा आकषिर्त छन् । कम समयमै राम्रो प्रतिफल आउने हुँदा बङ्गुरपालन बढेको जिल्लास्थित भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker