तनहुँका पालिकाले खाना खाजामै सके सबा करोड रुपैयाँ, कुन पालिकाको कति ?

भञ्ज्याङ न्यूज

तनहुँका चार नगरपालिका र छ गाउँपालिकाले खाना खाजामै सवा करोड रुपैयाँ खर्चिएका छन् । महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७८/०७९ सालको सार्वजनिक गरेको लेखा परीक्षण प्रतिवेदनमा तनहुँका पालिकाहरुले ४ करोड २३ लाख २४ रुपैयाँ बराबरको रकम खाना खाजामा खर्च गरेको देखाइएको छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३९ मा सरकारी रकम खर्च गर्दा सो खर्चलाई पुष्टि हुने कागजात पेश गर्नुपर्नेमा पालिकाले जथाभावी रुपमा खाना तथा खाजामा उक्त रकम खर्च गरेको देखाइएको छ । महालेखाले यो विवरण गत चैतमा र्सार्वजनिक गरेको थियो ।

र्सार्वजनिक प्रतिवेदन अनुसार भानु नगरपालिकाले ९४ लाख ७५ हजार, व्यास नगरपालिकाले ९४ लाख ७५ हजार, भिमाद नगरपालिकाले २० लाख ९३ हजार र शुक्लागण्डकी नगरपालिकाले ६९ लाख ३८ हजार रुपैयाँ खाना खाजामा खर्च गरेका छन् ।

यस्तै, देवघाट गाउँपालिकाले १८ लाख २७ हजार, ऋषिङ गाउँपालिकाले १३ लाख ४४ हजार, घिरिङ गाउँपालिकाले ६ लाख ६१ हजार, आँवुखैरेनी गाउँपालिकाले २५ लाख ६२ हजार, म्याग्दे गाउँपालिकाले २१ लाख ९७ हजार र बन्दिपुर गाउँपालिकाले ४१ लाख २३ हजार रुपैयाँ खाना खाजामा खर्च गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा तनहुँका पालिकाहरुले खाना, खाजा तथा अतिथि सत्कारका लागि गरेको उक्त खर्च स्पष्ट प्रयोजन र आधार नखुलाई खर्च गरेको भेटिएको छ । पालिकाले यसरी हुने खर्चमा नियन्त्रण गर्नुपर्ने महालेखा परीक्षकको कार्यालयले सुझाव दिएको छ ।

सरकारले जारी गरेको सार्वजनिक खर्चमा मितव्ययिता कायम सम्बन्धी मापदण्ड २०७७ को दफा ३ मा सार्वजनिक निकाय तथा र्सार्वजनिक पद धारण गरेको व्यक्तिले सरकारी कामको शिलशिलामा खर्च गर्दा कार्यालय सामान, मसलन्द, पानी, बिजुली, इन्धन विविध खर्च लगायतमा मितव्यय कायम गर्नुपर्ने प्रावधान छ ।

यस्तै, पालिकाहरुले नियम विपरित अनुगमन तथा भ्रमण भत्ता बुझेको, करारमा कर्मचारी राखेको, मृतकका नाममा पनि सामाजिक सुरक्षा भत्ता वितरण गरेको लगायतका विषयमा पनि अनियमितता गरेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker