गर्भ बस्न गाह्रो भइरहेको छ ? यी प्रभावकारी तरिकाले बढाउनुहोस् प्रजनन क्षमता

हरेक विवाहित जोडी एक समयपछि परिवारलाई अघि बढाउने योजना बनाउने गर्छन् । यद्यपि, यो सबैका लागि त्यति सहज हुँदैन । कहिलेकाँही गर्भवती हुन धेरै नै समय पनि लाग्ने गर्छ । विशेषज्ञका अनुसार यदि तपाईं बच्चाको योजना बुनिरहनुभएको छ भने फर्टाइल डेज र स्वस्थ तौलदेखि केही सप्लिमेन्टको आवश्यक छ । यसका साथै प्रजनन क्षमता बढाउनका लागि सही खानपिनको पनि आवश्यकता पर्छ ।

विभिन्न अनुसन्धानमा खाना र प्रजननबीच एक विशेष सम्बन्ध पाइएको छ । नेशनल सेन्टर फर बायोटेक्नोलोजी इन्फर्मेशनमा छापिएको एक लेख अनुसार ‘अनस्याचुरेटेड फ्याट, सागसब्जी र माछाले महिला र पुरुष दुबैको प्रजननमा सुधार ल्याउन सक्छ । जबकी मद्यपान, क्याफिन, स्याचुरेटेड फ्याट र सुगर महिला र पुरुषको खराब फर्टिलिटीसँग जोडिएको छ । मुम्बईको नोवा आइभीएफ फर्टिलिटीकी क्लिनिकल निर्देशक डाक्टर ऋचा जगतापले हिन्दुस्तान टाइम्सलाई केही तरिकाबारे जानकारी दिएकी छिन् जसका कारण गर्भावस्थाको सम्भावना बढाउन सकिन्छ ।

ताजा फलफूल र सागसब्जीः

चुकन्दर, क्याप्सिकमजस्ता ताजा फलफूल र सागसब्जी प्रजनन क्षमता बढाउन निकै प्रभावकारी मानिन्छ । अमिलो फलफूल, हरिया पत्तेदार सागसब्जीमा फोलिक एसिड पाइन्छ । यसले प्रजनन क्षमता बढाउनका साथै बच्चाको विकास राम्रोसँग गर्ने गर्छ । यसको सेवनले तनाव कम हुन्छ जुन गर्भावस्थाका लागि अत्यावश्यक मानिन्छ ।

प्रोटिनको मात्रा बढाउनुहोस्ः

डाक्टरका अनुसार आफ्नो खानामा हाई प्रोटिनको मात्रा बढाउनुहोस् । यसका लागि अंकुरित मुंग, सोयाबिन, पनिर, दाल, गेडागुडी, अण्डाको सेतो भाग, माछा र कुखुराको मासु खाने कोसिस गर्नुहोस् । यो सन्तुलित भोजनले जोडीको सबै आवश्यकता जस्तै भिटामिन, एन्टीअक्सिडेन्ट र मिनरल्स प्राकृतिक रुपमा पाइने गर्छ ।

ड्राई फ्रुट्सः

बच्चाको योजना बनाइरहेका जोडीले हरेक दिन ड्राई फ्रुट्सको सेवन गर्नुपर्छ किनभने यो एन्टिअक्सिडेन्टले भरपुर हुन्छ । यसले शरीरमा रिएक्टिभ अक्सिजन स्पेसीज केमिकललाई कम गर्छ । यो केमिकल एग्स र स्पर्मसँग जोडिएर खराब गरिदिने गर्छ । एन्टिअक्सिडेन्टले शरीरमा रिएक्टिभ अक्सिजन स्पेसीज केमिकलको मात्रा कम हुने गर्छ ।

थोरै थोरै खाना खानुहोस्ः

खराब प्रजननको समस्यासँग जुधिरहेका मानिसहरुलाई तौल कम गर्न सल्लाह दिइन्छ । यहाँसम्म कि ५ प्रतिशत तौल कम गर्दा पनि ओभुलेशन साइकलमा मद्दत गर्छ । डाक्टरका अनुसार प्रजनन क्षमता बढाउनका लागि तीनपटक खानुको साटो ५–६ पटक थोरै थोरै खाना खानुपर्छ ।

यसबाहेक हरेक दिन जोडीले ३०–४५ मिनेट व्यायाम गर्नुपर्छ । धेरै पानी पिउनुपर्छ र यदि तपाईंको शरीरमा भिटामिन डीको कमी छ भने डाक्टरको सल्लाहमा यसको सप्लिमेन्ट पनि लिन सक्नुहुन्छ ।

सुगरको मात्रा नियन्त्रण गर्नुहोस्ः

यदि बच्चाको योजना बनाइरहनुभएको छ भने आफ्नो सुगरको स्तरमा लगातार निगरानी राख्नुहोस् । सुगर लेभल बढ्दा र मधुमेहका कारण स्पर्मको गुणस्तमा कमी हुन्छ । यदि तपाईंको सुगरको स्तर धेरैजसो बढिरहन्छ भने यसलाई हिँडेर, खाना र औषधीमार्फत् नियन्त्रण गर्ने कोसिस गर्नुहोस् । यसले तपाईंको प्रजनन क्षमता पुनः बढ्नेछ ।

यी चिजबाट टाढै रहनुहोस्ः

डाइटमा केही आवश्यक चीज समावेश गर्नुका साथै केही कुराबाट टाढै पनि बस्नुपर्छ । रातो मासु, चिज, तारेका खानेकुरा, घ्यू र उच्च कोलेस्ट्रोलयुक्त खानाबाट टाढै बस्नुहोस् । मैदा र चिनीको पनि सेवन नगर्नुहो् । धुम्रपान र मद्यपान पनि बन्द गर्नुहोस् । रोटी बनाउनका लागि मल्टीग्रेन आँटाको प्रयोग गर्नुहोस् । रातोपाटी

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker