सूचनाको शक्ति र यसको परिणाम

ध्रुवराज पौडेल

आजको युग सूचना प्रविधिको युग हो । जोसँग सहि, तथ्यपरक र ताजा सूचना उपलब्ध छ त्यो व्यक्ति वा संस्था आज सर्वशक्तिमान बन्ने अवस्था छ । यी सूचनालाई कसले, कसरी, कुन अवस्थामा कहाँ र कुन माध्यमबाट प्रयोग गरेको छ भन्ने कुराले यसको प्रभावकारिता र परिणाममा ठुलो असर गरेको हुन्छ । विश्वका ठुला ठुला सत्ता परिवर्तनमा शक्ति राष्ट्रहरूको कस्तो हात रहेको हुन्छ भन्नेकुरा अन्तर्राष्ट्रिय घटनाक्रमबाट बेलाबेलामा पुष्टि भैरहेको छ । यस विषयमा मुख्यतः डिपस्टेट, अल्गोरिदम, मिडिया म्यानुपुलेशन र सत्ता परिवर्तन बीच कस्तो सम्बन्ध छ भन्नेकुरा बुझ्नु नितान्त आवश्यक छ ।

यस बारेमा विस्तृत रूपमा व्यख्या गर्ने हो भने त एउटा ठुलो थेसिस नै बन्नेछ तथापि यहाँ छोटकरीमा यसलाई बुझ्ने, विश्वका उदाहरणहरू कोट्याउने र समकालीन समयमा यसको प्रभाव विश्लेषण गर्ने सानो प्रयास गरिएको छ । यो कुनै देश विशेष, क्षेत्र विशेष, दल विशेष वा समुदाय विशेषको कुरा होइन । जब कुनै देशका नागरिकहरूको IQ level कमजोर छ वा चेतनास्तर कमजोर छ त्यसमा यी शब्दावली र अभ्यास गरिन्छन् । विगतमा विश्वमा यस्ता अभ्यासहरू कहाँ कहाँ भएका रहेछन् भन्ने बारेको सानो उदाहरण हेरौं :

पश्चिमा शक्ति (विशेषतः अमेरिका) को अनुकुलतामा भएका सत्ता परिवर्तनका घटनाहरू:

  • सन् १९५३ मा इरानमा Mossadegh सरकार हटाउन CIA/MI6 को covert operation
  • सन् १९५४ मा ग्वाटेमालामा CIA को PBSUCCESS अभियानपछि Árbenz सरकार पतन । अमेरिकी State Department को आफ्नै Foreign Relations of the United States अभिलेखमा CIA covert action को दस्तावेजी इतिहास उपलब्ध छ; ग्वाटेमालाको केसलाई State Department ले नै “important instance of the use of covert action” भनेर वर्णन गरेको छ।
  • सन् १९६०-६१ मा कंगोमा Lumumba विरुद्ध अमेरिकी covert activity; उनको हत्या र त्यसपछिको सत्ता संघर्षमा अमेरिकी भूमिका
  • सन् १९६३ मा दक्षित भियतनाममा Diem विरुद्ध सैनिक coup लाई अमेरिकाले समर्थन गरेको प्रमाण बाहिरिएको ।
  • सन् १९७०-७३ मा दक्षिण अमेरिकी राष्ट्र चिलीमा Allende विरोधी राजनीतिक दल, मिडिया र covert activities मा अमेरिकी सहयोग; 1973 coup भएको ।
  • सन् १९६४ मा ब्राजिलमा सैन्य coup लाई पुर्णरूपमा अमेरिकी समर्थन ।
  • सन् १९८० मा निकारागुवामा Contra समर्थन तथा Sandinista सरकारविरुद्ध convert war.
  • युक्रेनमा अमेरिकाले सोभियत संघ समर्थित सत्ता परिवर्तनका लागि अमेरिकी सरकारले 1991 पछि युक्रेनमा $5 billion भन्दा बढी सहायता लगानी गरेको सार्वजनिक रूपमा बताएको थियो। त्यसमा democracy, civil society, governance, media तथा institutional development कार्यक्रमहरू पनि थिए। त्यसपछि युक्रेनमा पुर्व कमेडियन तथा The servant of people नामक टेलिभिजन प्रस्तोता भोलोदिमिर जेलेन्स्कीले ७५% जनमतका साथ राष्ट्रपति पदमा जित हासपल गरेका थिए ।
  • सन् २०१६ मा वेलायतलाई युरोपेली युनियनबाट ललग गराउनका लागि UK Independent Party- (UKIP) का नेता Nigel Farage ले Brexit को राजनीतिक मागलाई लामो समयदेखि अघि बढाए; Boris Johnson र Michael Gove ले 2016 को निर्णायक Leave अभियानको नेतृत्व गरे; र Dominic Cummings तथा Matthew Elliott ले अभियानको रणनीति सञ्चालनमा ठूलो भूमिका खेले। अन्ततः 23 June 2016 मा भएको जनमतसंग्रहमा करिब 51.9% मत Leave र 48.1% Remain पक्षमा आयो। यसमा पनि मिडिया म्यानिपुलेशनको ठुलो हात थियो ।
  • इराक, अफगानिस्तान, लिविया तथा सिरियामा सरकार परिवर्तन गर्न गराउनका लागि प्रत्यक्ष र परोक्षरूपमा मिडिया म्यानिपुलेशनको अहम स्थान रहेको कुरा चर्चामा रहँदै आएको छ
  • सन् २०२४ मा वंगलादेशमा शेष हसिनाको सरकार ढालेर नयाँ सरकार गठन गर्न परोक्षरूपमा अमेरिकाको हात छ भनी बहस भैरहेको देखिन्छ यद्यपि यसको स्वतन्त्र रूपमा पुष्टि भएको देखिदैन ।
  • सन् २०२५ सेप्टेम्बरको जेन्जी आन्दोलनको बारेमा त समाचारहरू यत्रतत्र छाइरहेकै छन् । यस आन्दोलन डिपस्टेट, अल्गोरिदम र मिडिया म्यानुपुलेशनको परिणाम हो भन्नेबारे धेरै अन्तर्राष्ट्रिय संस्था, नेपाल सरकारको प्रतिवेदन तथा स्वतन्त्र बुद्धिजीवी एवं विश्लेषकहरूले उठाइरहेको विषय हो । यसबारेमा सत्यतथ्य विस्तृत छानवीन पछि निष्कर्ष आउनेनैछ । अहिले पछिल्लोपटक आएको अमेरिकी सञ्चारगृह Grayzone को रिपोर्टले पहिलाका अड्कलबाजीलाई थप पुष्टि गर्ने आधार तयार गरेको छ ।

The Grayzone को 9 September 2026 को नयाँ रिपोर्टले leaked CEPPS documents को आधारमा NED र त्यससँग सम्बन्धित संस्थाहरूले नेपालका राजनीतिक तथा civic actors लाई लामो समयदेखि training/support गरेको दाबी गरेको छ। रिपोर्टले बालेन शाह, रवि लामिछाने सुदन गुरूङ, सागर ढकाल सहित केही नेपाली राजनीतिक व्यक्तित्वलाई त्यस्ता कार्यक्रमसँग जोड्छ। रिपोर्टले विशेषगरी 2017–2022 को Niti Sambad कार्यक्रम र CEPPS/NED संरचनाबाट आएको अमेरिकी funding तथा youth political organizing, leadership, social media र campaigning सम्बन्धी गतिविधिलाई जोडेको छ।

अत: Grayzone को रिपोर्टलाई गम्भीर रूपमा जाँच्नुपर्ने investigative claim भन्न सकिन्छ । बुझ्नुपर्ने कुरा के छ भने NED र CIA एउटै संस्था होइनन्। NED 1983 मा अमेरिकी Congress द्वारा स्थापित nonprofit organization हो र यसको funding ठूलो मात्रामा अमेरिकी सरकारबाट आउँछ। तर NED का आलोचकहरूले यसलाई CIA को “soft-power successor” अथवा “cutout” भनेर वर्णन गर्छन्। Grayzone ले पनि यही दृष्टिकोण अपनाएको छ। नेपालको Gen-Z आन्दोलन र त्यसपछि बनेको नयाँ राजनीतिक संरचनामा विदेशी-funded organizations को वास्तविक प्रभाव कति थियो ? यसको उत्तर खोज्न Grayzone को रिपोर्ट मात्र होइन, उसले उद्धृत गरेका leaked documents को मूल सामग्री र CEPPS/NED/IRI का आफ्नै प्रकाशित records पनि हेर्नुपर्छ। यी कुराका बारेमा विस्तृत छानवीन र विश्लेषणहरू हुँदै जालान् र सत्यतथ्य बाहिर आउला पनि, यसका लागि अहिलेलाई धैर्य गर्नु नै उचित होला ।

यस आलेखमा उजागर गर्न खोजिएको मूल विषय यो हो कि शक्ति राष्ट्रहरूले अमुक देशमा आफ्नो अनुकुल सत्ता निर्माण गर्नका लागि वा आफ्नो हित रक्षाका लागि उपलब्ध के कस्ता साधन प्रयोग गर्दा रहेछन् भन्नेकुराको खोजी र विश्लेषण गर्नु रहेको छ । यसका लागि राज्यका हरेक अंगअंगमा डिपस्टेटको माध्यमबाट मन्दविष भर्ने ता कि जनतालाई थाहै नहोस् कि यसमा कस्तो परिवर्तन भैरहेको छ ? कस्को हात छ ? राज्यका अंगहरूलाई परोक्षरूपमा जनतालाई एकोहोरो बनाउने slow poison दिनेकुरा कसरी भैरहेको छ ? त्यसैगरी अल्गोरिदमको माध्यमबाट जनतालाई मानसिकरूपमा एकोहोरो बनाइदिने, साँच्चै हो कि जस्तो पारिदिने र कमजोर मानसिकता भएका र सहि र गलत छुट्याउन नसक्ने नागरिकलाई गलत कुरालाई पनि सहि हो भनेर बुझ्न बाध्य बनाउने, जता हेरेपनि एउटै कुरा छ, कुरामा समानता छ, गलत कुरा पनि जनमानसको धारणा नै परिवर्तन गर्नेगरी पटकपटक प्रशारण गर्नु यसका उदाहरण हुनसक्छन् ।

अब एकछिन Deep-state, Algorithm र Media Manipulation को माध्यमबाट मानिसले कुनै सरकार, नेता वा व्यक्तिलाई कसरी बुझ्छ भन्नेमा प्रभाव पार्न सक्छन्। तर यी सबैलाई एउटै कुरा भनेर बुझ्नु हुँदैन। विशेष गरी Deep State भन्ने शब्द धेरैपटक राजनीतिक आरोप वा व्याख्याका रूपमा प्रयोग हुन्छ तथापि प्रमाणित संस्थागत संरचना र आरोपबीच फरक छुट्याउनु जरूरी छ ।

क) Deep State ले कसरी प्रभाव पार्न सक्छ ?

सामान्य अर्थमा Deep State भन्नाले निर्वाचित सरकारभन्दा बाहिरका स्थायी सरकारी कर्मचारीतन्त्र, सुरक्षा निकाय वा अन्य शक्तिशाली संस्थागत समूहहरूले नीतिमा असामान्य प्रभाव पार्छन् भन्ने अवधारणालाई जनाइन्छ। यदि कुनै देशमा वास्तवमै त्यस्तो संस्थागत प्रभाव रहेको प्रमाण भएमा, प्रभाव यस्तो हुन सक्छ: नीति/सूचना नियन्त्रण → निश्चित सूचना बाहिर आउनु → मिडियामा विशेष कथा बन्नु → जनधारणा प्रभावित हुनु । यहाँ यो सावधानी आवश्यक छ कि कुनै सरकारको निर्णय मन नपर्नु वा गोप्य गतिविधि देखिनु मात्रले Deep State प्रमाणित गर्दैन।

ख) Algorithm ले हाम्रो धारणा कसरी बदल्छ ?

आज सामाजिक सञ्जालमा हामीले देख्ने सामग्री पूर्णतः संयोगले आउँदैन। प्लेटफर्मका निरन्तरका recommendation algorithms ले हाम्रो विगतको व्यवहार प्रभावित गर्छ जस्तै: कुन भिडियो हेर्यौँ ? कति समय हेर्यौँ ? कुन पोस्टमा प्रतिक्रिया दियौँ ? कसलाई follow गर्यौँ ? कुन विषयमा comment गर्यौँ ? आदि जस्ता संकेतका आधारमा आगामी सामग्री छनोट गर्न सक्छन्। उदाहरणको रूपमा तपाईंले A सरकारको आलोचना गर्ने ५ वटा भिडियो हेर्नुभयो → Algorithm ले त्यस्तै सामग्री अझ धेरै देखायो → तपाईंले त्यही सामग्री अझ धेरै हेर्नुभयो → Algorithm ले अझ त्यस्तै सामग्री देखायो । यसलाई feedback loop भन्न सकिन्छ।त्यसपछि मानिसलाई यस्तो लाग्न सक्छ कि “सबैतिर यही कुरा भइरहेको रहेछ।” जबकि वास्तविकता फरक हुन सक्छ । यस विषयमा उसको व्यक्तिगत feed मा मात्र त्यस्तो सामग्री असामान्य रूपमा धेरै देखिएको हो भन्नुकुरा बुझ्नुपर्दछ ।

ग) Media Manipulation कसरी काम गर्छ ?

Media manipulation भन्नाले सूचना प्रस्तुत गर्ने तरिका, चयन वा सन्दर्भलाई यस्तो ढंगले प्रयोग गर्नु हो जसले दर्शक/पाठकको धारणा प्रभावित गर्न सक्छ । उदाहरणका लागि एउटै घटनालाई दुई मिडियाले यसरी प्रस्तुत गर्न सक्छन्:

Media A: “सरकारले कर बढायो।”
Media B: “सरकारले स्वास्थ्य र शिक्षाका लागि अतिरिक्त राजस्व जुटाउने निर्णय गर्‍यो।”

माथि दुवैले एउटै तथ्य उल्लेख गरेका हुन सक्छन्, तर headline, फोटो, शब्द छनोट र कुन तथ्य अगाडि राखियो भन्ने कुराले पाठकको भावनामा फरक प्रभाव पार्न सक्छ। यसलाई framing भनिन्छ। यी तीनवटा एकै ठाउँमा आएपछि प्रभाव अझ ठूलो हुन सक्छ । यसलाई एउटा सरल चक्रबाट बुझ्न सकिन्छ:

सूचना/राजनीतिक सन्देश → Media framing → Social-media algorithm → बारम्बार एउटै प्रकारको सामग्री → भावनात्मक प्रतिक्रिया → व्यक्तिगत विश्वास बलियो हुनु → त्यही विचारसँग मिल्ने सामग्री खोज्नु → Algorithm ले अझ बढी त्यही सामग्री देखाउनु । यसले अन्ततः Echo Chamber वा Filter Bubble बनाउन सक्छ।

अत: हामीले कुनैपनि समाचार वा सूचना सामग्री मात्र हेरेको वा सुनेको भरमा त्यसको आधिकारिकता पुष्टि नभइकन वा अन्य भरपर्दो स्रोतबाट भेरिफाइ नगरीकन विश्वास गरिहाल्नु वा धारणा परिवर्तन गरिहाल्नु हामी सबैका लागि घातक हुनसक्छ । यो सूचना प्रविधिको जमानामा समाचारका स्रोतहरू बग्रेल्ती हुनसक्छन्, कसैले निश्चित स्वार्थका लागि मिडिया हाउस चलाएका हुन्छन्, कसैले संस्थागत वा अमुक समुहको हितमा कलम चलाइरहेको वा समाचार प्रशारण गरिरहेको हुनसक्छ, कसैले धेरै भ्युज बढाउन त्यसैको माध्यमबाट र आयआर्जन गर्नका लागि मिडिया चलाएको पनि हुनसक्छ । त्यसलाई राम्रोसँग अध्ययन र विश्लेषण गरी आधिकारिकता हेरेर वा प्रमाणित गरेर मात्र त्यसमा विश्वास गर्नु र धारणा बनाउनुपर्छ भन्ने यस आलेखको आसय हो ।

गलत सूचनाका आधारमा संसारमा भएका ठुला ठुला राजनीतिक परिवर्तन, धार्मिक तथा साम्प्रदायिक दङ्गाहरूले ठुलो मानवीय र भौतिक क्षति गरेको छ । तसर्थ आजको विकशित र प्रविधिको दुनियामा यसप्रकारका घटना हुनु नितान्त दु:खद कुरा हो । सूचनालाई मनोरञ्जनका लागि, ज्ञानको क्षितिज बढाउनका लागि, अनुभव शेयरिङका लागि, देश विकासमा योगदान दिनका लागि, नयाँनयाँ खोज र आविष्कारका लागि, जनमानसलाई मार्गदर्शन र प्रेरणा दिनका लागि र समग्रतामा मानवीय हितका लागि प्रयोग गरिनुपर्दछ । यसतर्फ हामी सबै सतर्क रहनु आजको आवश्यकता हो । धन्यवाद ।

भरतपुर ७ कृष्णपुर चितवन (हाल: संयुक्त राज्य अमेरिका)

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker