नेकपा (माओवादी केन्द्र) तनहुँद्वारा १० वटै पालिकामा नेतृत्व चयन

भञ्ज्याङ न्यूज

नेकपा (माओवादी केन्द्र) तनहुँद्वारा जिल्लाका १० वटै पालिकामा नेतृत्व चयन गरेको छ । पार्टीको शुक्रबार दमौलीमा सम्पन्न जिल्ला समन्वय समितिको बैठकले गाउँ/नगर कमिटीको नेतृत्व चयन गरेको हो ।

तत्कालीन नेकपामा रहदा पाँच/पाँच पालिका भागबण्डा गरेर नेतृत्व गरेकोमा पार्टी विभाजन पछाडी साविककै नेतृत्वबाट काम चलाउदै आएकोमा अहिले पार्टी केन्द्रको निर्देशन बमोजिम सबै गाउ“/नगर कमिटीको नयाँ नेतृत्व चयन गरिएको बताइएको छ ।

बैठकमा गण्डकी प्रदेशका पूर्वमन्त्री हरि बहादुर चुमान, गण्डकी प्रदेश सांसद आशा कोईराला, राजेन्द्र केशरी न्यौपाने, ओम कुमारी पौडेल, मदन आले, अतिन्द्रकेशरी न्यौपाने, गिता शाही, क्षितिज लामिछाने, पूर्णसिंह थापा, जीवन कायस्थ, दुर्गा बहादुर रावत लगायतका प्रदेश सदस्यहरु तथा जिल्ला समितिका सदस्यहरूको उपस्थितिमा नेतृत्व चयन गरिएको छ ।

बैठकले देवघाट गाउँ कमिटीको अध्यक्षमा भुवन सिं गुरुङ, सचविमा होम बहादुर भारती (संजिव)लाई चयन गरेको छ । आँबुखैरेनी गाउँ कमिटीको अध्यक्षमा प्रेम गुरुङ, सचिव गंगाराम कोईराला चयन भएका छन् भने बन्दिपुर गाउँ कमिटीको अध्यक्षमा बिद्या क्षेत्री र सचिवमा जीवन कायस्थ रहेका छन् ।

यस्तै, भानु नगर कमिटीको अध्यक्षमा सिताराम अधिकारी र रचिव दुर्गा बहादुर रावत, व्यास नगर कमिटी अध्यक्षमा रामचन्द्र सापकोटा र सचिवमा वसन्त दरै, रिसिङ गाउँ कमिटी अध्यक्षमा वीर बहादुर थापा र सचिव डम्मर बिक चयन भएको बताइएको छ ।

घिरिङ गाउँ कमिटी अध्यक्षमा चुननारायण श्रेष्ठ, सचिवमा डम्मर थापा, भिमाद नगर कमिटी अध्यक्षमा राम बहादुर थापा र सचिवमा अमृत सिग्देल, शुक्लागण्डकी नगर कमिटी अध्यक्षमा परशुराम भण्डारी र सचिवमा मनराज गुरुङ चयन भएका छन् भने म्याग्दे गाउँ कमिटी अध्यक्षमा दिल बहादुर नेपाली र सचिवमा बालकृष्ण श्रेष्ठलाई चयन गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker