कांग्रेस आन्तरिक लोकतन्त्र सुदृढ गराउने बाटोमा : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस आन्तरिक लोकतन्त्र सुदृढ गराउने बाटोमा अघि बढेको बताउनुभएको छ । कांग्रेसको आँबुखैरेनी गाउँ कार्यसमितिको पदस्थापन कार्यक्रममा सहभागी हुनुहुँदै उहाँले पार्टीले वडास्तरदेखि नै लोकतान्त्रिक अभ्यास अवलम्बन गरिरहेको उल्लेख गर्नुभयो ।

लोकतान्त्रिक प्रक्रियाको अवलम्बन कांग्रेस बाहेक अरु पार्टीले गर्न नसक्ने नेता पौडेलको भनाइ थियो । “लोकतान्त्रिक अभ्यास अवलम्बन गरकै कारण कांग्रेसप्रति आकर्षण बढेको छ”, उहाँले भन्नुभयो । कांग्रेस लोकतन्त्रको पहरेदार भएको चर्चा गर्नुहुँदै उहाँले लोकतन्त्रमाथि कसैले आघात पु¥याउन खोजे त्यसको प्रतिकार गर्ने बताउनुभयो ।

“कांग्रेस लोकतन्त्रका लागि जन्मेको पार्टी हो, त्यसका सदैव लडिरहन्छ,” पौडेलले भन्नुभयो, “कांग्रेसभित्र भित्र पनि आन्तरिक लोकतन्त्रका लागि लडिरहेका छौँ ।” पार्टीँसँगै समाजलाई लोकतान्त्रिकरण गर्ने अभियानमा आफू लागि परेको उहाँले स्पष्ट पार्नुभयो । क्रियाशील सदस्यताबारे विवाद रहेका ठाउँमा समाधान गर्नेतर्फ पार्टी नेतृत्व गम्भीर हुनुपर्ने पौडलले बताउनुभयो । नेताभन्दा पार्टी बलियो हुनुपर्ने उहाँले सुनाउनुभयो ।

कार्यक्रममा कांग्रेसका जिल्ला सभापति वैकुण्ठ न्यौपाने, सचिव विश्व बास्तोला, नेता रामचन्द्र पोखरेललगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । सो अवसरमा आँबुखैरेनी गाउँ कार्यसमितिका नवनिर्वाचित सभापति विष्णु पन्तलगायत पदाधिकारी एवं सदस्यलाई पदस्थापन गराइएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker