पत्रकार वाग्ले पुरस्कृत
भञ्ज्याङ न्यूज

बन्दिपुर केवलकार एण्ड टुरिजमले स्थापना गरेको केबलकार उद्यमशील पत्रकारिता पुरस्कारबाट तनहुँका पत्रकार मदन वाग्लेलाई पुरस्कृत गरेको छ ।
पत्रकार वाग्लेलाई गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल र कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले बिहीबार एक लाख रुपैयाँको शेयर राशीले सम्मान गरेका हुन् ।
बन्दिपुरमा निर्माणधीन बन्दिपुर केबलकार परियोजनाको प्रचार प्रसारमा उल्लेखनीय सहयोग गरेको भन्दै कम्पनीको सातौ साधारण सभाको अवसरमा वाग्लेलाई पुरस्कृत गरिएको हो । कम्पनीले बन्दिपुर केबलकार पर्यटन एवं उद्यमशील पत्रकारीता २०७६ मा स्थापना गरेको थियो ।
उक्त पुरस्कार बितरणको लागि तारानाथ उपाध्यायको संयोजकत्वमा सदस्यहरु शिवप्रसाद शर्मा र कृष्णराज अधिकारीको तीन सदस्यीय छनोट समिति गठन गरिएको थियो । पुरस्कृत पत्रकार वाग्ले द हिमालयन टाइम्सका तनहुँ संम्वाददाता र प्रार्देशिक खबर राष्ट्रिय दैनिकका प्रधान सम्पादक हुन् ।










