तनहुँको भिमादमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते

तनहुँ । तनहुँको भिमाद नगरपालिका–९ अस्पाक्दीस्थित रिठ्ठाभञ्ज्याङ–सेराबेंशी मोटरमार्गमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय भिमादका अनुसार शनिबार साँझ करिब ६ः३० बजे बुचाखानीबाट निर्माण सामग्री लोड गरी ठकुरी थरतर्फ जाँदै गरेको लु३त ३०२६ नम्बरको ट्याक्टर चालकले नियन्त्रण गुमाउँदा सडकको दायाँपट्टिको नालीमा पल्टिएको थियो । दुर्घटनामा ट्याक्टरमा सवार चालकसहित चार जना घाइते भएका थिए ।

दुर्घटनामा घाइते भएका कपिलवस्तु शिवराज नगरपालिका–१ चैनपुर घर भएका ४५ वर्षीय माईला भनिने लड्डु थारुलाई उपचारका लागि जि.पी. कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र वेलचौतारमा ल्याइएकोमा चिकित्सकले शनिबार साँझ ६ः५६ बजे मृत घोषणा गरेका थिए ।

त्यस्तै, ट्याक्टर चालक तनहुँ म्याग्दे गाउँपालिका–५ थाङपाटन निवासी ३२ वर्षीय अनिल कुमाल घाइते भएका छन् । उनको बायाँ कोखामा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उनलाई साँझ ७ः३५ बजे थप उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा रिफर गरिएको छ ।

यसैगरी ट्याक्टरमा सवार अन्य कामदार सहजनेपाल–५ घर भएका ५० वर्षीय नारायण पुन टाउको, बायाँ हात र बायाँ खुट्टामा चोट लागेर घाइते भएका छन् । उनको अवस्था मध्यम रहेको र उनलाई पनि पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा भानखोला बस्ने ५१ वर्षीय दुर्गा बहादुर पुन सामान्य घाइते भएका छन् । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार नारायण पुन र दुर्गा बहादुर पुन उपचारपछि डिस्चार्ज भएका छन् भने ट्याक्टर चालक अनिल कुमाल इलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँको नियन्त्रणमा रहेका छन् ।

यसैबीच मृतक लड्डु थारुको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी आइतबार उनका छोरा यामलाल थारुले अन्त्येष्टिका लागि बुझेर लगेको प्रहरीले जनाएको छ ।

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker