सेवाग्राहीको भिड

जिल्ला प्रशासन कार्यालय तनहुँमा बुधबार सेवा लिन आएका सेवाग्राहीको भिड । तिहार तथा छठ पर्वका कारण लामो बिदा हुँदा नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र लगायतका सेवा लिन आउने सेवाग्राहीको चाप बढेको छ । कार्यालयले आवश्यक जनशक्ति व्यवस्थापन मिलाउन नसक्दा नागरिकता लिने र राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीले लामो समय लाइनमा बस्नुपरेको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ










