जनसांस्कृतिक महासंघ तनहुँमा नयाँ कार्य समिति चयन

- भञ्ज्याङ समाचारदाता (दमौली)
जनसाँस्कृतिक महासंघ तनहुँले जिल्ला कमिटी गठन गरेको छ । महासंघको शनिबार भएको भेलाले सन्दिप परियारको अध्यक्षतामा नयाँ कमिटी गठन गरेको हो । जिल्ला कमिटीको उपाध्यक्षमा कल्पना भण्डारी, सचिव रवीन्द्र खाती, सहसचिव सुरक्ष भिरखोइरे, कोषाध्यक्ष चुडामणि थापा चयन भएका छन् ।
यस्तै सदस्यहरुमा सीमा शाही, ज्योति न्यौपाने, विष्णु मल्ल, दीर्घ खनाल, कल्पना घिमिरे, चेलीमाया थापा, कल्पना पाण्डे क्षेत्री, लुमबहादुर परियार, कर्ण नेपाली, शालिकराम सुनार, सुमन श्रेष्ठ, बसन्त अछामी, रामबहादुर थापा, जीवन श्रेष्ठ, पवन अधिकारी, आकृति श्रेष्ठ, सरिता कुंवर र सन्तबहादुर भुजेल चयन भएका छन् ।
जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य एवं तनहुँ इन्चार्ज पृथ्वी भुजेलको अध्यक्षतामा आयोजित भेलामा नेकपा जिल्ला अध्यक्ष केदार सिग्देल, व्यास नगरपालिका ४ का अध्यक्ष विश्व न्यौपाने, नेकपा नेताहरु प्रदीपराज अधिकारी, हरिराज कंडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।










