पृथ्वीराजमार्ग विस्तार योजना : राजमार्ग क्षेत्रमा विद्युत प्रसारण लाइन सुधारको काम तीब्र

नेपाल विद्युत् प्राधिकरणले पृथ्वी राजमार्गको क्षेत्रमा प्रसारण लाइन सुधारको कामलाई तीव्रता दिएको छ  । यसल गर्दा  मुग्लिन–पोखरा सडकखण्डको विस्तारको कामलाई सहज बनाएको छ ।
सडक विस्तारको  मुख्य बाधकका रुपमा रहेको बिजुलीको खम्बा सार्ने कामले गति लिएपछि सहज भएको पृथ्वी राजमार्ग, विस्तार पश्चिम खण्डका आयोजना प्रमुख प्रमुख इञ्जिनियर राजेश पौडेलले जानकारी दिनुभयो । प्राधिकरणले विद्युत्का खम्बा धमाधम हटाउन थालेपछि विस्तारको काम गर्न थप सहज भएको उहाँले बताउनुभयो ।
सडकखण्डअन्तर्गतका संरचना हटाउने क्रममा तनहुँ वितरण केन्द्रले आफ्नो क्षेत्रका बिजुलीका पोल धमाधम हटाएर नयाँ राख्ने काम गरिरहेको आयोजना प्रमुख पौडेलले बताउनुभयो । पहिला सुस्तगतिमा खम्बा स्थानान्तरण हुँदा प्रभावित भएकामा हाल तीव्र रुपमा काम हुँदा तनहुँ क्षेत्रमा काम गर्न सहज भएको उहाँले बताउनुभयो ।
पुरानो खम्बा हटाएर नयाँ संरचना बनाउने काम हालसम्म ६५ प्रतिशत सकिएको नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रका प्रमुख इञ्जिनियर विजयराज रेग्मीले जानकारी दिनुभयो । सदमुकाम दमौलीमा सडक सीमाभित्रका संरचना हटाउन प्रभावितका कारण ढिलाइ भएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार नयाँ खम्बा राख्ने तथा प्रसारण लाइन सुधारअन्तर्गत रु ९६ करोड लागतमा खम्बा सार्ने काम भइरहेको छ । रु ५२ करोड सडक विस्तार आयोजनाको र बाँकी रकम प्राधिकरणको लागतमा काम भइरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार पहिला ११ मिटर अग्लो खम्बा भएकामा हाल १३ मिटर अग्लो खम्बा राखिएको छ ।
तनहुँ वितरणअन्तर्गतको दुई खण्डमा विभाजन गरी काम भइरहेको छ । आँबुखैरेनीदेखि गुणादीसम्म झन्कार जेभीले र थर्पुदेखि मनहरीसम्म विडारी कन्ट्रक्सनले काम गरिहेको छ । एशियाली विकास बैंकको आर्थिक सहयोगमा मुग्लिन–पोखरा सडक सुधार तथा विस्तार आयोजनाअन्तर्गत नेपालका दुई ठूला सहर–काठमाडौँ र पोखरा जोड्ने मुख्य सडक पृथ्वी राजमार्ग अन्तर्गतको उक्त खण्डलाई कम्तिमा चार लेनको बनाउने  भइरहेको छ ।
विसं २०२६ मा रेखाङ्कन गरिएको यस सडकमा सवारीसाधनको चाप बढेसँगै एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको रु सात अर्ब ४० करोड ४६ लाखमा ठेक्का सम्झौता भएको छ ।
सडक विस्तार गर्दा सडक सीमा दुईतर्फी २५–२५ मिटर गरी ५० हुनेछ भने सहरी क्षेत्रका बाक्लो बस्ती भएका स्थानमा दुई तर्फी २३–२३ मिटरगरी ४६ मिटर चौडाइको सडक बन्नेछ । सडकको डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४६ मिटरको सडक निर्माण हुनेछ । दुलेगौँडाबाट खैरेनीटार बजारसम्म, कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौँडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुने आयोजनाले जनाएको छ । सडकलाई विस्तारगरी सहरी क्षेत्रमा सर्भिसलेनसहित चार लेन र अन्यत्र चार लेनमा विस्तार गरिने सम्झौतामा उल्लेख छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker