नेकपा एमाले तनहुँको उपाध्यक्षमा कंडेल र सचिवमा ढकाल निर्वाचित
भञ्ज्याङ न्यूज

नेकपा एमाले तनहुँको उपाध्यक्षमा हरिराज कंडेल निर्वाचित भएका छन् । सोमबार सम्पन्न मतगणना अनुसार ३६४ मत प्राप्त गरी कंडेल उपाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी भिमाद नगरपालिकाका नगरप्रमुख मेखबहादुर थापाले १६८ मत प्राप्त गरेका छन् ।
यस्तै, सचिवमा राजेश्वर ढकाल ३२० मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिस्पर्धी विष्णुभक्त सिग्देलले २१९ मत प्राप्त गरेका छन् ।
निर्वाचनमा ५५६ मत खसेको निर्वाचन समितिका संयोजक शिवदत्ता ढकालले बताए । यस्तै, उपाध्यक्षमा २४ र सचिवमा १७ मत बदर भएको थियो ।
यस्तै, एमालेको अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ र्सवसम्मत निर्वाचित भइसकेका छन् । उपसचिवमा पनि प्रदीपराज अधिकारी र खिम कुमाल र्सवसम्मत निर्वाचित भएका छन् ।
अन्य पदमा भने आवश्यक संख्या भन्दा बढिको उम्मेदवारी परेपछि आइतबार बेलुका ५ बजेबाट निर्वाचन पक्रियामा गएको थियो । पालिकाको भौगोलिक क्षेत्र अन्तरगत भानु, शुक्लागण्डकी, घिरिङको खुल्ला सदस्य, अल्पसंख्यक सदस्य र खुल्ला सदस्यहरुका लागि पनि मतदान भएको र ती पदको मत गणना जारी छ ।