तनहुँमा भूमि आयोगद्वारा जग्गा नापजाँच सुरु

दमौली : भूमि समस्या समाधान आयोगले तनहुँका तीन पालिकामा जग्गा नापजाँच सुरु गरेको छ । आयोगले भानु नगरपालिका–२, व्यास नगरपालिका–१२ र शुक्लागण्डकी नगरपालिका–७ मा जग्गा नापजाँच सुरु गरेको हो । वर्तमान आयोग गठन भएपछि यसअघिको आयोगले गरेको कामलाई निरन्तरता दिइएको आयोगका विज्ञ सदस्य श्रीराम कार्कीले जानकारी दिए । ती वडाहरूमा यसअघि जग्गा नापजाँचको काम सुरु भएर आयोग विघटन भएपछि काम रोकिएको थियो ।
कार्कीले भने, “यसअघिको आयोगले काम सुरु गरेर जहाँ रोकिएको थियो, त्यही अधुरो कामलाई नै निरन्तरता दिने निर्णय भएको छ, सोहीबमोजिम जग्गा नापजाँच सुरु गरेका छौँ, व्यास–१२ र शुक्लागण्डकी–७ मा पचास प्रतिशत काम सम्पन्न भइसकेको छ ।”
आयोगले भानु नगरपालिका, व्यास नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका शुक्लागण्डकी नगरपालिकामा अभिमुखीकरण सम्पन्न गरिसकेको छ । जिल्लास्थित सबै स्थानीय तहमा पुगेर आयोगको काम, कर्तव्य र पालिकाको दायित्वका विषयमा अभिमुखीकरण गरिएको कार्कीले जानकारी दिए । आयोगले तनहुँमा २६ हजार ११७ भूमिहीनको लगत संकलन गरेको छ ।
आयोगका सदस्य सचिव एवं नापी कार्यालयका प्रमुख विजय सिंहले जिल्लाका १० स्थानीय तहका २६ हजार ११७ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलन गर्ने कार्य सकिएको जानकारी दिए । त्यस्तै छ हजार ७७३ कित्तामा नाप नक्सा भइसकेको उनले बताए । उनका अनुसार ६२४ हेक्टर क्षेत्रफलको नाप नक्सा कार्य सकिएको छ । त्यस्तै १३ जनालाई लालपुर्जा नै वितरण भइसकेको छ ।
व्यासमा सात हजार ४३, भानुमा तीन हजार ३१७, शुक्लागण्डकीमा चार हजार ४०३, देवघाटमा दुई हजार ३४४, भिमादमा एक हजार ८६१, ऋषिङमा एक हजार ४३९, घिरिङमा एक हजार ५२०, म्याग्देमा एक हजार २६७, आँबुखैरेनीमा ८९३ र बन्दीपुरमा दुई हजार ३० भूमिहीनको लगत सङ्कलन भएको छ ।
सदस्य सचिव सिंहका अनुसार व्यासमा ४०९ भूमिहीन दलित, ४८३ भूमिहीन सुकुम्बासी, छ हजार १५१ अव्यवस्थित बसोबासी, भानुमा ४०५ भूमिहीन सुकुम्बासी, दुई हजार ९१२ अव्यवस्थित बसोबासी, शुक्लागण्डकीकमा २८७ भूमिहीन दलित, २८७ भूमिहीन सुकुम्बासी, तीन हजार ८२९ अव्यवस्थित बसोबासी, देवघाटमा १२३ भूमिहीन दलित, ७८ भूमिहीन सुकुम्बासी र दुई हजार १४३ अव्यवस्थित बसोबासीको लगत संकलन भएको छ ।
त्यस्तै भिमादमा १९ भूमिहीन दलित, १५ भूमिहीन सुकुम्बासी, एक हजार ८२७ अव्यवस्थित बसोबासी, ऋषिङमा २२ भूमिहीन दलित, १२७ भूमिहीन सुकुम्बासी, एक हजार २९० अव्यवस्थित बसोबासी, घिरिङमा ६३ भूमिहीन दलित, ५५ भूमिहीन सुकुम्बासी, एक हजार ४०२ अव्यवस्थित बसोबासी, म्याग्देमा ७८ भूमिहीन दलित, ६५ भूमिहीन सुकुम्बासी, एक हजार १२४ अव्यवस्थित बसोबासी, आँबुखैरेनीमा १८ भूमिहीन दलित, ९० भूमिहीन सुकुम्बासी, ७८५ अव्यवस्थित बसोबासी र बन्दीपुरमा ८९ भूमिहीन दलित, २६७ भूमिहीन सुकुम्बासी तथा एक हजार ६७४ अव्यवस्थित बसोबासीको लगत सङ्कलन गरिएको छ ।
आयोगका सदस्य सचिव सिंहका अनुसार शुक्लागण्डकीमा दुई हजार ८४१, देवघाटमा दुई हजार ३६२, आँबुखैरेनीमा एक हजार ५२९ कित्ताको नाप नक्सा भइसकेको छ । त्यस्तै शुक्लागण्डकीका–२, ७ र ८ को नाप नक्सा सम्पन्न गरी कार्यालय प्रयोजन भइरहेको छ भने देवघाटको वडा नम्बर ५ को नाप नक्सा सम्पन्न गरी कार्यालय प्रयोजनको काम भइरहेको छ। यस्तै आँबुखैरेनीका पनि सबै वडाको नाप नक्सा सम्पन्न भएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker