पहिरो जाँदा तनहुँको म्याग्दे–७ पयारटोलका दुई घरमा पूर्ण क्षति

तीन दिनदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा तनहुँको म्याग्दे–७ पयारटोलका दुई घरमा पूर्ण क्षति पुगेको छ । स्थानीय बसन्तबहादुर घर्ती र पदमबहादुर घर्ती पहिरोले क्षति पुगेको नेपाली काङ्ग्रेस म्याग्देका नेता श्रीभद्र आचार्यले जानकारी दिनुभयो । पहिरोका कारण सोही ठाउँमा बिजुलीको पोल ढलाएर थप क्षति हुने सम्भावना रहेको उहाँले बताउनुभयो ।

“गाउँपालिकाभित्र बाढीपहिरोका कारण भएको क्षतिको विवरण तत्काल सङ्कलन गरी पीडितलाई राहत दिन स्थानीय, प्रदेश र सङ्घ सरकारसँग माग गर्दछौँ”, उहाँले भन्नुभयो ।

अविरल वर्षाका कारण पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका–४ मादी पुल नजिक आज सडक भासिएको छ । सडकमाथिबाट खसेको पहिरोका कारण पानी सडकमा आउँदा सडकको केही भाग भासिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार सुनारले जानकारी दिनुभयो ।

“पहिरो खसेपछि पानी सडकमै बग्दा सडक भासिएको हो, पानीलाई वैकल्पिक माध्यमबाट अन्यत्रै बग्ने बनाएका छौँ”, उहाँले भन्नुभयो, “भासिएको सडकको मर्मतको काम सुरु भइसकेको छ ।”

वर्षाका कारण पहिरो जाँदा व्यास नगरपालिका–३ र ५ मा तीन घरमा क्षति पुगेको छ । व्यास–३ देउराली नगरको भिमसेन मन्दिर पछाडिपट्टिको ढिस्को खस्दा नयाँ बन्दै गरेको घरमा क्षति पुगेको छ ।

यस्तै व्यास नगरपालिका–५ मानुङकोटमा पनि पहिरोका कारण दुई घरमा क्षति पुगेको स्थानीय चुडामणि दाहालले जानकारी दिनुभयो । यसैगरी व्यास नगरपालिका–३ शान्तिनगरमा पनि पशु सेवा विज्ञ केन्द्रको पर्खाल नजिक पहिरो गएको छ ।

वर्षाले व्यास नगरपालिका–१ स्थित क्षेत्री समाजको भवन जाने बाटो क्षतबिक्षत बनाएको छ । व्यास–१ करङकाठमा बुल्दी खोला बढ्दा खोला पार गर्ने क्रममा एउटा मोटरसाइकल सहित चालकलाई बगाएको छ । चालकलाई भने शकुसल उद्धार गरिएको छ भने मोटरसाइकल फेला नपरेको प्रहरीले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker