एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि तनहुँबाट सर्वसम्मत प्रतिनिधि चयन
भञ्ज्याङ न्यूज

मंसिर १० देखि १२ गतेसम्म चितनवमा हुने नेपाल कम्युनिष्ट पार्टी -एमाले)को १०औं राष्ट्रिय महाधिवेशनका लागि तनहुँबाट सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि चयन गरिएको छ ।
तनहुँको २ वटा निर्वाचन क्षेत्रबाट शनिबार महाधिवेशनका लागि १३ जना प्रतिनिधीहृरु गरिएको हो ।
तनहुँको क्षेत्र नं. १ मा खुल्ला तर्फाट कला कुमारी ढकाल, हरिराज कडेल, वावुराम अधिकारी, इन्द्रवहादुर कुवँर चयन भएका छन् । महिला प्रतिनिधीमा भगवती न्यौपाने सर्वसम्मत चयन भएका छन् ।
यस्तै, क्षेत्र नं. २ को खुल्ला प्रतिनिधीमा केदार सिग्देल, श्रीप्रसाद श्रेष्ठ, विष्णुभक्त सिग्देल, धर्मराज खनाल र रामचन्द्र उपाध्याय चयन भएका छन् । महिला प्रतिनिधि तर्फसविता रसाइली र राधा महत चयन भएका छन् । यसैगरि दलित तर्फवावुराम सुनार चयन भएका छन् ।
आम कार्यकर्ताको भावना अनुरुप सर्वसम्मतिका साथमा महाधिवेशन प्रतिनिधी चयन गरिएको नेकपा एमाले तनहुँका अध्यक्ष केदार सिग्देलले बताए ।
यस्तै बिहीबारदेखि शुरु भएको प्रतिनिधि चयन प्रक्रिया अन्तरगत हालसम्म ४३ जिल्लामा महाधिवेशन प्रतिनिधि निर्विरोध चयन भएका छन् ।
शनिबार देशभर प्रतिनिधि चयन गर्ने एमालेको कार्यसूची थियो । तर ४३ जिल्लामा प्रतिनिधि चयन भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । उनले भने, ‘सर्वसहमत प्रतिनिधि चयन भएको जिल्ला ४३ पुगेको छ, अरुतिर चयन हुन बाँकी छ ।’
अझै पनि कतिपय जिल्लामा प्रतिनिधि चयन गर्ने प्रयत्न भइरहेको उनले बताए । निर्विरोध हुन नसकेका जिल्लाहरुमा चुनावको प्रक्रिया अगाडि बढेको छ । निर्वाचनको माध्यमबाट प्रतिनिधि चयन भएको विवरण आउन बाँकी रहेको पनि तामाङले बताए ।
१०औं राष्ट्रिय महाधिवेशनका लागि एमालेले १ हजार ९९९ प्रतिनिधि चयन गर्दैछ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेश, जनसंगठन, विभाग, केन्द्रीय कार्यालय, प्रवास लगायतलाई क्लस्टर बनाएर एमालेले प्रतिनिधि चयन गर्दैछ ।










