तनहुँ-२ को प्रदेशसभा १ मा एमालेका महत विजयी

भञ्ज्याङ समाचारदाता/दमौली

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ अन्तर्गत तनहुँ-२ को प्रदेशसभा १ मा नेकपा (एमाले)का श्यामराजा महत निर्वाचित भएका छन् । बुधबार बिहान सार्वजनिक मतपरिणाम अनुसार प्रतिस्पर्धीभन्दा एक हजार ७७२ बढी मत प्राप्त गरी महत प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

महतले १५ हजार ६५३ मत प्राप्त गरेको तनहुँ क्षेत्र नं. २ का निर्वाचन अधिकृत गोविन्द उपाध्यायले जानकारी गराए । प्रतिस्पर्धी वाम-लोकतान्त्रिक गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का राजेन्द्रकेशरी न्यौपानेले १३ हजार ८८१ मत प्राप्त गरेका छन् ।

उक्त प्रदेशमा ३७ हजार ७९४ मत खसेको थियो । यो प्रदेशमा व्यास नगरपालिका-५ र ६, म्याग्दे गाउँपालिका तथा शुक्लागण्डकी नगरपालिका पर्दछ । विसं २०३४ मा कम्युनिष्ट पार्टीको सदस्यता लिनुभएका महतले विसं २०४४ मा भएको उपनिर्वाचनमा नै राष्ट्रिय पञ्चायत सदस्यमा चुनावमा पराजित भएका थिए ।

महत विसं २०५४ देखि २०५९ सम्म नगरोन्मुख नमूना ढोरफिर्दी गाविसको अध्यक्ष बनेर काम गरेका थिए । नेकपा माले, मानन्धर समूह हुँदै चारपटक जिल्ला कमिटी सदस्य बनेका महत वि.सं. २०४९ मा जिल्ला विकास समिति सदस्यमा निर्वाचित भएका थिए ।

महतले पर्यटकीय सहर पोखरासँग जोडिएको यस क्षेत्रलाई भौतिक पूर्वाधारसँगै सांस्कृतिक सहरका रूपमा विकास गर्ने मतदातासंग प्रतिबद्धता जनाएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker