बलात्कार आरोपित अभिनेता शाहलाई बयानका लागि तनहुँबाट गैंडाकोट लगियो

एक नाबालिकलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरीक ार्यालय तनहुँको हिरासतमा रहेका अभिनेता पल शाहलाई बयानका लागि नवलपरासीको गैंडाकोट लगिएको छ ।

नाबालिक बलात्कार गरेको अभियोगमा अनुसन्धान गर्न अभिनेता शाहलाई इलाका प्रहरी कार्यालय गैंडाकोटमा लगिएको हो । नाबालिकले आफूलाई बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता गराएको दुइ सातापछि तनहुँ प्रहरी हिरासतमा रहेका शाहलाई मंगलबार प्रहरी कार्यालय गैंडाकोटमा लगिएको प्रहरीले जनाएको छ ।

बुधबार जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान अघि बढाइने गिरीले जानकारी दिए । फागुन १६ गते गैंडाकोट प्रहरीमा मुद्दा दर्ता गराएकी ती किशोरीको त्यही दिन भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण गराइएको थियो ।

बलात्कारको मुद्दामा अनुसन्धान गर्न शाहलाई इलाका प्रहरी कार्यालय गैंडाकोटमा राखेर अनुसन्धान सुरु गरिने बताइएको छ । तनहुँमा पनि उनै किशोरीले शाहले बलात्कार गरेको भन्दै दुइ साताअघि मुद्दा दर्ता भएको र जिल्ला अदालत तनहुँबाट तनहुँ प्रहरीले थप १२ दिनको म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाइरहेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले तनहुँ प्रहरीलाई गत आइतबार पत्र पठाउँदै पल शाहविरुद्ध बलात्कारको उजुरी गैंडाकोट प्रहरीमा परेकाले यहाँ पनि उनका बारेमा अनुसन्धान गर्न परेकाले पठाइदिनु भन्दै पत्राचार गरेको थियो ।

प्रहरीका अनुसार ती नाबालिगले एउटा गीतको छायांकनको क्रममा गत चैत ७ गते गैंडाकोटको एक होटलमा आफूलाई बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय गैंडाकोटमा दुइ साताअघि किटानी जाहेरी दिएकी थिइन् ।

गत चैत ७ गते बलात्कार गरेको आरोपपत्रमा उल्लेख भएका कारण आगामी चैतको ६ गतेभित्र अदालतमा मुद्दा दर्ता गरिसक्नु पर्ने जिल्ला प्रहरी कार्यालयलाई बाध्यता छ । गैंडाकोटमा दुइ साताअघि दर्ता गराएको निवेदन अनुसार एकै दिनमा सकिने छायांकनको काम दुइ दिन लगाएर गैंडाकोटको होटलमा रक्सी खुवाएर आफूलाई बलात्कार गरेको आरोप नाबालिगले लगाएकी छन् ।

त्यतिबेला इलाका प्रहरी कार्यालय गैंडाकोटमा मुद्दा दर्ता गराउन पीडित किशोरी, उनका बाबु र वकिल आएका थिए । शाहविरुद्ध तनहुँ र नवलपरासी प्रहरीमा बलात्कारको अभियोग लगाएर मुद्दा दर्ता गराउने नाबालिग एउटै भएको प्रहरीले बताएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker