सुन ठगी आरोपमा बन्दीपुरबाट दुइ भारतीय पक्राउ

तनहुँको बन्दीपुर गाउँपालिका-३ शेरामा सुन सफा गरिदिन्छु भनेर ठगी गर्ने दुइ भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको सिलगुडी बस्ने ३८ वर्षीय आनन्द सोनी र ३७ वर्षीय अरुण सोनी रहेको प्रहरीले जनाएको छ ।

शेराटार बस्ने प्रेमबहादुर अधिकारीले हातमा लगाएको सुनको औठी सफा गरिदिन्छौ भनेर ठगी गरेको अभियोगमा निजहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बन्दीपुरले जनाउको छ । निज भारतीयहरुले अधिकारीको सुन सफा गरी जोख्दा ३० लाल कम भएको भेटिएको थियो ।

पीडित अधिकारीले टेलिफोनमार्फत् प्रहरीलाई खबर गरेपछि तत्कालै पुगेको प्रहरी टोलीले निजहरुलाई पक्राउ गरेका हो । पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीका लागि दशीका सामान सहित इलाका प्रहरी कार्यालय भानु पठाइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker