प्रेस चौतारीको महाधिवेशन नीति र नेतृत्वको हिसाबले महत्वपूर्ण

भञ्ज्याङ समाचारदाता/पोखरा

पोखरामा फागुन २७ र २८ गते हुने प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । चौतारीको महाधिवेशन नीति र नेतृत्वको हिसाबले महत्वपूर्ण रहेको महाधिवेशन मुल व्यवस्थापन समितिका संयोजक गणेश पाण्डेले बताए । महाधिवेशनमा अहिलेको सञ्चार क्षेत्रको मुद्दाका बारेमा गहन रुपमा छलफल हुने उनले बताए ।

उनले भने, ‘प्रेस चौतारीको नवौं महाधिवेशन नीति र नेतृत्वको हिसाबले महत्वपूर्ण छ, महाधिवेशनमा अहिलेको सञ्चार क्षेत्रको मुद्दाका बारेमा गहन ढंगले बन्दसत्रमा छलफल हुन्छ ।’ नयाँ नेतृत्व चयन हुने भएकोले समेत यो महाधिवेशनलाई धेरैले चासोको रुपमा हेरेका छन् ।

महाधिवेशनबाट सर्वसम्मत ढंगले नयाँ नेतृत्व चयन हुने संयोजक पाण्डेले बताएका छन् । ‘अहिलेको परिवर्तन पत्रकारितामा आएका चुनौतीहरुलाई बोक्न सक्ने खालको नयाँ नेतृत्व चयन गर्दै हार्दिकताका साथ सहमतिमै अधिवेशन सम्पन्न हुनेछ’ हालका उपाध्यक्ष समेत रहेका पाण्डेले बताए ।

११ जना पत्रकार पुरस्कृत हुँदै

महाधिवेशनको अवसरमा ११ जना पत्रकारलाई पुरस्कृत गरिने भएको छ । जसअनुसार हृदयचन्द्र सिंह प्रधान पत्रकारिता पुरस्कार २०७७ बाट प्रेस चौतारीका पूर्व अध्यक्ष राजेन्द्र अर्याल तथा २०७८ बाट अर्का पूर्व अध्यक्ष गगन विष्टलाई प्रदान गरिने भएको छ ।

अग्निशिखा पत्रकारिता पुरस्कार २०७७ कृष्ण विनोद लम्साल तथा २०७८ बाट झलक सुवेदी पुरस्कृत हुने भएका छन् । डेकेन्द्र थापा पत्रकारिता पुरस्कार २०७७ सागर पण्डित र २०७८ हिरा परियारलाई प्रदान गरिनेछ ।

वीरेन्द्र साह क्रियाशिल पत्रकारिता पुरस्कार २०७७ बाट केपी गौतम र २०७८ बाट अनुप तिवारीलाई पुरस्कृत गरिदै छ । चन्द्र न्यौपाने शान्तिराम कार्की पत्रकारिता पुरस्कारबाट शान्ति गुरुङ तथा पदम लक्ष्मी सावित्री स्मृति पत्रकारिता पुरस्कार २०७७ अब्दुल्ला मिया र २०७८ शिवराज भट्टलाई प्रदान गरिनेछ ।

पोखरा सभागृहमा हुने महाधिवेशनको उद्घाटन फागुन २७ गते नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ । महाधिवेशनमा देशभरका झण्डै १ हजार २ सय पत्रकारको सहभागीता रहनेछ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker