एमालेबारे भ्रम फैलाएको भन्दै युवा संघको आपत्ति

भञ्ज्याङ समाचारदाता/दमौली

नेपाल तरुण दल तनहुँले सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा एमालेबारे भ्रम फैलाइएको भन्दै राष्ट्रिय युवा संघ तनहुँले आपत्ति जनाएको छ । तरुण दलको बुधबार सम्पन्न तरुण भेलाले सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा एमालेबारे अतिरिञ्जित गरी भ्रम फैलाइएको भन्दै युवा संघले बिहीबार विज्ञप्ती जारी गरी आपत्ति जनाएको हो ।

संघका अध्यक्ष मदन तिमिल्सिनाले प्रतिबद्धतापत्रको नाममा भ्रमपत्र वितरण गरिएको आरोप लगाए । अधिकांश सरकारको नेतृत्व गर्दा नेपाली कांग्रेसले कम्युनिष्टहरुको साहरा लिनु परेको तथ्यलाई स्मरण गराउँदै विज्ञप्तीमा भनिएको छ, ‘कांग्रेसले सरकारको नेतृत्व गरेको बखतमा नै नेपालमा सबैभन्दा धेरै भ्रष्टाचार मौलाएको साथै स्वदेशी उद्योग तथा कलकारखानाहरु बेचेको, नदिनाला बेचेको, बिदेशीको सामु लम्पसार परेको, दलाल पुँजीबादी बर्गको संरक्षण गरेको र राष्ट्रिय अर्थतन्त्र ध्वस्त पार्ने पार्टीको रुपमा कांग्रेस पाटी रहेको नेपाली जनता सामु घाम जस्तै छलङ्ग छ ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker