पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा १० लाखको अक्षयकोष स्थापना

पोखरा । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएका पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशले १० लाखको अक्षयकोष स्थापना गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको बैठकले नेपाल पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्षसमेत रहेका स्वर्गीय पत्रकार पौडेलको स्मृतिमा अक्षयकोष खडा गर्ने निर्णय गरेको हो ।

१० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने र हरेक वर्ष स्वर्गीय पौडेलको स्मृतिमा ‘संस्थापक अध्यक्ष त्रिभुवन पौडेल स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गर्ने निर्णय गरिएको छ । प्रदेश कमिटीले ५ लाख रूपैयाँ तत्काल कोषमा जम्मा गर्ने र बाँकी ५ लाख रूपैयाँ प्रदेश अन्तर्गतका जिल्ला शाखा र शुभचिन्तकसँग समन्वय गरेर जुटाउने जनाएको छ ।

अक्षय कोषबाट कार्यविधि बनाएर हरेक वर्ष गण्डकी प्रदेशभरका पत्रकारमध्येबाट एकजनालाई पुरस्कृत गर्ने बताइएको छ ।

पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष रहेका ३७ वर्षे पौडेल नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य र पत्रकार महासंघ गण्डकीको सल्लाहकार, त्यसअघि महासंघ कास्कीको उपाध्यक्ष एवं २ कार्यकाल सचिव भइसकेका थिए ।

यस्तै उनी माओवादीनिकट प्रेस सेन्टर नेपालका उपाध्यक्षसमेत थिए ।

राष्ट्रिय स्वाभिमान साप्ताहिकबाट दुई दशकभन्दा अघिदेखि पत्रकारिता सुरू गरेका पौडेलले पोखरा हटलाइन दैनिक, रेडियो अन्नपूर्ण र नेपाल टेलिभिजनमा आवद्ध भई काम गर्दै पछिल्लो समय पोखरा हटलाइन दैनिकको प्रकाशक एवम् सम्पादक थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker