शुक्लागण्डकीमा मृत भेटिएका तीन मध्ये दुई जनाको सनाखत

तनहुँ : गत शनिबार तनहुँको शुक्लागण्डकी नगरपालिका–५ कसेरीस्थित फोहरमैला प्रशोधन केन्द्र नजिक मृत अवस्थामा भेटिएका तीन जनामध्ये दुई जनाको सनाखत भएको तनहुँ प्रहरीले जनाएको छ ।
मृत अवस्थामा भेटिएका तीन जनामध्ये दुई जनाको सनाखत गरी शव परीक्षणपश्चात् आफन्तले शव बुझेको र एक जनाको अझै सनाखन हुन नसकेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
मृत भेटिएका शुक्लागण्डकी नगरपालिका–११ बस्ने ४१ वर्षीय नारायण विक शनिबार र भिमाद नगरपालिका–८ भागर बस्ने ५८ वर्षीया देउमाया थापाको आइतबार सनाखत भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए ।
तीन जनाको नै हत्या भएको प्रहरीको आशंका छ । घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको उनले जानकारी गराए ।
तनहुँको शुक्लागण्डकी नगरपालिकामा शनिबार विभत्स रुपमा हत्या गरिएको अवस्थामा तीन शव भेटिएका थिए । शुक्लागण्डकी नगरपालिका–५ स्थित कसेरीमा दुई पुरुष र करिब सात सय मिटरको दुरीमा एक महिलाको शव भेटिएको थियो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार कसेरीघाटमा निर्माणाधिन फोहोरमैला प्रशोधन केन्द्रको कम्पाउण्ड बाहिर दुई जना पुरुष र सो घटनास्थलको केही पर एक महिलाको शव भेटिएको थियो ।
उक्त घटनामा फोहोरमैला प्रशोधन केन्द्रमा गार्डका रुपमा काम गर्दै आएका नारायण विकाको शनिबारै सनाखत भएको थियो ।
यस्तै, महिलाको शवको आइतबार सनाखत भएको ती महिलासंगै बस्दै आएको भनिएका एक पुरुषको भने सनाखत हुन नसकेको प्रहरी जनाएको छ । उनिहरु श्रीमान श्रीमती रहेको र प्रशोधन केन्द्र बाहिर टहरा बनाई संगै बस्दै आएको बताइएको छ ।
ती महिला पुरुषले शुक्लागण्डकी नगरपालिकाको बजार क्षेत्रबाट संकलन गरिएको फोहोरमैलाबाट कवाडी संकलन गर्ने गरेको स्थानीयले बताएका छन् ।
यस्तै, इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक धननारायण श्रेष्ठका अनुसार घटनाको प्रकृति शंकास्पद भएकाले जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्कीसहितको प्राविधिक टोली र तालिम प्राप्त कुकुर सहितको प्रहरी टोलीले स्थलगत अध्ययन अनुसन्धान अगाडि बढाएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker