नेपाली कांग्रेस तनहुँको प्रचारप्रसार समिति गठन

भञ्ज्याङ न्यूज

नेपाली कांग्रेस तनहुँले पार्टीका उम्मेदवारलाई विजयी गराउन सचिव सहदेव अधिकारीको संयोजकत्वमा निर्वाचन प्रचारप्रसार समिति गठन गरेको छ ।

जिल्ला सभापति जितप्रकाश आलेको अध्यक्षतामा बिहीबार बसेको बैठकले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन अधिकारीको संयोजकत्वमा समिति गठन गरेको हो ।

समितिको सचिवमा पार्टी प्रवक्ता हरि वाग्ले छन् । उक्त समितिमा महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि सदस्य रहनेछन् । बैठकले क्षेत्र, प्रदेश, पालिका र वडा एवं टोल समितिहरुमा पनि सभापतिको नेतृत्वमा निर्वाचन प्रचारप्रसार समिति गठन गर्न अनुरोध गरेको छ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker