तनहुँको व्यास बाहेक सबै पालिकामा मतगणना सुरु, ६४.४० प्रतिशत मत खस्यो (कुन पालिकामा कति मत खस्यो ? सूचिसहित)

भञ्ज्याङ न्यूज

स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत शुक्रबार भएको मतदान सकिएपछि तनहुँमा मतगणना सुरु भएको छ । जिल्लाको व्यास नगरपालिका बहेक अन्य नौ पालिकामा मतगणना कार्य अगाडि बढाइएको छ ।

बन्दिपुर, म्याग्दे र घिरिङ गाउँपालिकामा शुक्रबार रातीदेखि नै मतगणना सुरु भएको छ भने भिमाद नगरपालिकामा आज बिहानदेखि मतगणना सुरु गरिएको हो । यस्तै, देवघाट गाउँपालिकामा आज ११:३० बजेबाट मतगणना शुरु भएको छ भने शुक्लागण्डकी नगरपालिकामा १०:०० बजेबाट, आँवुखैरेनीमा बिहाना १०:३० बजेबाट र ऋषिङ गाउँपालिका र भानु नगरपालिकामा दिउँसो १:०० बाट मतगणना कार्य अगाडि बढाइएको छ ।

यता, व्यास नगरपालिकामा भने मतगणनामा अन्यौल भएको छ । व्यास-८ रिस्ती मतदान केन्द्रमा विवाद भएपछि नेकपा (एमाले) र गोविन्दराज जोशी समूहले पुनःमतदान गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका छन्।

स्थानीय तह निर्वाचन अन्तर्गत तनहुँमा ६४.४० प्रतिशत मत खसेको प्रारम्भिक तथ्याङ्क निकालिएको छ । जिल्लाका दशवटै पालिकाका २९७ मतदान केन्द्रमा भएको मतदानमा १ लाख ५७ हजार ३५१ मत खसेको प्रारम्भिक तथ्याङ्क संकलन भएको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालय तनहुँका अनुसार आँवुखैरेनी गाउँपालिकामा कायम गरिएको १७ मतदान केन्द्रमा १३ हजार ६३१ मतदाता मध्ये ९ हजार २७८ जनाले मतदान गरेका छन् ।

ऋषिङ गाउँपालिकाको २५ मतदान केन्द्रमा १८ हजार २३८ मतदाता मध्ये १० हजार ६७७ मत खसेको छ । घिरिङ गाउँपालिकाको १७ मतदान केन्द्रमा १४ हजार ६७६ मतदाता मध्ये ८ हजार ७१८ मत खसेको छ ।

देवघाट गाउँपालिकाको १५ मतदान केन्द्रमा १२ हजार ८१५ मतदाता मध्ये ८ हजार ६४७ मत खसेको छ । बन्दिपुर गाउँपालिकाको २१ मतदान केन्द्रमा १५ हजार ६३८ मतदाता मध्ये १० हजार २०५ मत खसेको छ । म्याग्दे गाउँपालिकाको २० मतदान केन्द्रमा १८ हजार १०५ मतदाता मध्ये ११ हजार ९४३ मतदाताले मतदान गरेका छन् ।

यस्तै, भानु नगरपालिकाको ४९ मतदान केन्द्रमा ४० हजार ४९६ मतदाता मध्ये २५ हजार ५६३ मत खसेको छ । भिमाद नगरपालिकाको ३१ मतदान केन्द्रमा २४ हजार ८८४ मतदाता मध्ये १६ हजार १४९ जनाले मतदान गरेका छन् ।

व्यास नगरपालिकाको ५६ मतदान केन्द्रमा ४७ हजार ५४२ मतदाता मध्ये ३० हजार १७४ मत खसेको छ । शुक्लागण्डकी नगरपालिकाको ४६ मतदान केन्द्रमा ३८ हजार ३१५ मतदाता मध्ये २५ हजार ९९७ मतदाताले मतदान गरेका छन् ।

जिल्लाको २९७ मतदान केन्द्रमा १ लाख १७ हजार १३४ पुरुष, १ लाख २७ हजार २०६ गरी २ लाख ४४ हजार ३४० मतदाता रहेकोमा ७१ हजार २२० पुरुष र ८५ हजार ८९२ जना महिला गरी १ लाख ५७ हजार ३५१ जना मतदाताले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय तनहुँले प्ररम्भिक तथ्याङ्क सार्वजनिक गरेको छ ।

चार नगरपालिकाबाट प्रमुख र उपप्रमुख गरी आठ जना निर्वाचित हुनेछन् । छ गाउँपालिकाबाट अध्यक्ष र उपाध्यक्ष गरी १२ जना निर्वाचित हुनेछन् । त्यस्तै ८५ वडाबाट एक अध्यक्ष र चार सदस्य गरी ४२५ निर्वाचित हुनेछन् ।

कुन पालिकामा कति मत खस्यो ?

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker