बन्दीपुर भ्रमण वर्ष-२०२५ को सहआयोजकमा बन्दीपुरहिल

बन्दीपुर गाउँपालिका र बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड (बन्दीपुरहिल) बीच बन्दीपुर भ्रमण वर्ष २०२५ को सफलताका लागि सहकार्य गर्ने सम्झौता सम्पन्न भएको छ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापा र बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माको रोहबरमा उक्त सम्झौतामा बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका स्थानीय अधिकृत लक्ष्मीप्रसाद सापकोटा र बन्दीपुर भ्रमण वर्ष २०२५ का संयोजक वैंशबहादुर गुरुङले हस्ताक्षर गरेका छन् भने कार्यक्रम र सम्झौता २०८१ पुस १७ देखि २०८२ पुस १६ सम्म लागू हुनेछ। यसले बन्दीपुर भ्रमण वर्ष २०२५ को सफलतामा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड (बन्दीपुरहिल) ले बन्दीपुर भ्रमण वर्ष २०२५ कार्यक्रमको सह-आयोजकको रूपमा भूमिका निर्वाह गर्नेछ। यस सहकार्यले पर्यटन प्रवर्द्धनलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको कम्पनीले जनाएको छ। बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड (बन्दीपुरहिल) ले केबलकारको प्रत्येक टिकट बिक्रीबाट बन्दीपुर भ्रमण वर्ष २०२५ सचिवालयको कार्यालयलाई प्रति टिकट रु. ३० सम्म प्रदान गर्ने कम्पनीले बताएको छ।

बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड (बन्दीपुरहिल) ले मुख्य पर्यटकीय स्थानहरूमा प्रचार सामग्री जस्तै ब्यानर, पोस्टर, होडिङ बोर्ड राख्न पाउनेछ भने कार्यक्रमका सबै प्रचार सामग्री र लोगोमा बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड (बन्दीपुरहिल) को नाम सह-आयोजकको रूपमा समावेश गर्नुका साथै कार्यक्रममा सहभागी विशेष अतिथिहरूलाई केबलकारको माध्यमबाट बन्दीपुर भ्रमण गराउने व्यवस्था गरिने कम्पनीले जनाएको छ। यसको अलावा केबलकारको बटम स्टेसनमा निःशुल्क पार्किङ सुविधा समेत उपलब्ध हुनेछ।

बन्दीपुर गाउँपालिकाको संरक्षकत्वमा सम्पन्न हुने यो सहकार्यले बन्दीपुरलाई नेपालकै प्रमुख पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ। स्थानीय व्यवसाय, रोजगारी र पर्यटन विकासलाई प्रवर्द्धन गर्दै भ्रमण वर्षलाई भव्य रूपमा सफल बनाउन दुवै पक्षले प्रतिबद्धता जनाएका छन्।

बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड (बन्दीपुरहिल) को परिचय बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड (बन्दीपुरहिल) ले बन्दीपुरको प्राकृतिक र सांस्कृतिक धरोहरलाई उजागर गर्दै केबलकार सेवा मार्फत पर्यटकहरूलाई आकर्षित गर्दै आएको छ।

यो सहकार्यले बन्दीपुरको पर्यटन विकासलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएको तथा देशभित्र र बाहिरका पर्यटकहरूलाई बन्दीपुर भ्रमणका लागि आमन्त्रण गर्दै, बन्दीपुरको समग्र पर्यटन क्षेत्रलाई सशक्त बनाउने लक्ष्य लिइएको दुवै पक्षले जनाएका छन्।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker