दमौलीमा निःशुल्क मानसिक स्वास्थ्य शिविर सञ्चालन गरिने

भञ्ज्याङ न्यूज

लायन्स क्लब अफ तनहुँले महिनाको एक पटक दमौलीमा निःशुल्क मानसिक स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । क्लबले मंगलबार दमौलीमा पत्रकार सम्मेलन गरी महिनाको अन्तिम शनिबार बिहान १० देखि १ बजेसम्म मनोरोग बिशेषज्ञ प्रा.डा देवकुमार थापाको उपस्थितिमा स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिने बताइएको छ ।

मानसिक रोगका बिरामीको संख्या बढ्दो क्रममा रहेकोले सहज तरिकाबाट सेवा उपलव्ध गराउन शिबिरको आयोजना गरिएको लायन्स क्लब अफ तनहुँका अध्यक्ष राजु दाहालले बताए ।

सहज रुपमा सुविधा नपाउँदा विपन्न समुदायका मानिसहरु उपचारबाट बञ्चित हुन नपरोस भनेर स्वास्थ्य क्षेत्रलाई प्राथामिकतामा राखेर निर्णय गरिएको र विपन्नको लागि औषधी समेत निःशुल्क प्रदान गर्ने क्लवले तयारी गरेको उनले बताए ।

क्लवले यो अभियानलाई जिल्लाका दश वटै पालिकामा लगेर काम गर्ने योजना बनाइएको अध्यक्ष दाहालले बताए । उक्त अभियानमा जिल्लाको शुक्लागण्डकी नगरपालिका-५ घर भई हाल फिनल्याण्डमा रहदै आएका बसन्त घिमिरेको आर्थिक सहयोग रहेको बताइएको छ ।

समाजमा मानसिक रोगीहरुको उपचार गरी आत्महत्या गर्ने जस्ता घटना न्यूनिकरण गर्न शिविरले मद्दत पुग्ने विश्वास क्लबले लिएको छ । समाजमा मानसिकका समस्या भएका व्यक्तिले लुकाउन चाहन्छन् । यो लुकाउने रोग होइन् बैलैमा ध्यान दिन सके छोटो अवधिमै समस्या समाधान गर्न सकिन्छ ।

मानसिक स्वास्थ्यको बिषय ओझेलमा पर्दै गएकोले उनीहरुलाई जागृत गराउन शिविरको आयोजन गर्ने निर्णय भएको क्लबका द्वितीय उपाध्यक्ष इश्वर विष्टले बताए ।

दमौलीबाट सेवा शुरु गरिने र ग्रामीण क्षेत्रका नागरिकहरुलाई उनीहरुकै घर नजिकै सेवा दिने उद्देश्यले स्थानीय तहसँग सहकार्य गरी पालिकास्तरमा पनि सेवा शिविर सञ्चालन गरिने विष्टले बताए ।

कार्यक्रममा मनोबिद सीता भण्डारीले समाजमा प्रतिष्ठित व्यक्तिहरु पनि मानसिक समस्याहरु बढ्दो क्रममा रहेको बताइन् । टोल, वडाबाटै जनप्रतिनिधीहरु सबै मिलेर न्यूनिकरण तर्फलाग्नुपर्नेमा जोड दिइन् । मानसिक समस्या मनोचिकित्सक र मनोबिदको परामर्शले पनि न्यूनिकरण गर्न सकिन्छ । उनले भनिन् ‘औषधी सेवन भनेको चिकित्सक सल्लाह अनुरुप मात्रै सेवन गर्न सकिन्छ।’

मानसिक बिरामीका तथ्याङ्क सधै गोप्य राखेर उपचार गर्ने व्यवस्था मिलाइएको हुन्छ । उनले भनिन् ‘आत्महत्या हुने हकमा गोपनीयता भंग हुन सक्छ, अन्यथा सबै कुरा गोप्य राखिनेछ ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker