आदिकवि भानुभक्त क्याम्पसमा नयाँ कार्यसमिति सदस्य निर्वाचित, अध्यक्षमा खनालको दाबी
भञ्ज्याङ न्यूज

तनहुँको दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसको सञ्चालक समिति सदस्य चयनका लागि बुधबार निर्वाचन भएको छ । ८९५ जना कुल मतदाता रहेकोमा ६३७ जना मतादाता सहभागि भएका थिए ।
क्याम्पसको खुल्ला सदस्य तर्फ मोहन गिरीले ४६१, लक्ष्मीभक्त खनाल ४५२, विवेक भट्टराइ ४४६, सोमराज सिग्देलले ४०६, अपार पौडेल ३९४, प्रदिप काफ्ले ३१६, सहवीर उचाई ठकुरी २९९, प्रा.डा. इश्वरचन्द्र वाग्ले २९३, विष्णु बहादुर बस्नेत २५८ विजयी भएका छन् ।
क्याम्पसको आरक्षणतर्फ जनजाती कोटामा बुद्धिमान श्रेष्ठ र सुर्ज कुमार मल्ल, महिला कोटामा सुशिला शर्मा, सृजना तिवारी, कल्पना कोइराला पोख्रेल, दलित सदस्य तर्फ जग्गादाता एवं अल्पसंख्या कोटामा खरसिंह दरै र पुस्तकालय तर्फहेम पौडेल, निर बहादुर मल्ल ठकुरी, प्रेम बहादुर राउत, अभिभावक सदस्य तर्फसरिता थापा भण्डारी र चिज बहादुर दरै निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचन प्रवन्ध समितिका अध्यक्ष त्रैलोक्य वाग्लेको अध्यक्षतामा आयोजित नवनिर्वाचितलाई प्रमाणपत्र वितरण कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष ब्रम्हदत्त तिमल्सेनाले सम्पूर्ण विजयी उम्मेदवारहरुलाई प्रमाणपत्र वितरण गर्दै बधाई दिएको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले बताए ।
यस्तै, क्याम्पसको निर्वाचन सकिएपछि अब अध्यक्ष को हुन्छ भन्ने चासो र चर्चा चल्न थालेको छ । क्याम्पसमा निर्वाचित सदस्यहरु मध्येबाट अध्यक्ष चयन गर्ने व्यवस्था छ ।
क्याम्पसको अध्यक्षका लागि लक्ष्मीभक्त खनाल आफु दावेदारको रुपमा प्रस्तुत भएको बताएका छन् । ४५२ मत प्राप्त गरी सदस्यमा निर्वाचित खनाल नेपाली कांग्रेस तनहुँका सचिव समेत हुन् ।
विभिन्न सामाजिक संस्थाको नेतृत्व गरिसकेका खनाल क्याम्पसको नेतृत्व गर्नका लागि आफु योग्य रहेको बताएका छन् । अध्यक्षमा निर्वाचित भए क्याम्पसको शैक्षिक तथा व्यवस्थापन सुधार आफ्नो मुख्य कार्ययोजना रहने खनालले बताएका छन् ।
यस्तै, क्याम्पस सञ्चालक समितिको अध्यक्षमा आरक्षणतर्फजनजाती कोटाबाट सदस्य बनेका बुद्धिमान श्रेष्ठ नाम पनि चर्चामा आउन थालेको छ ।










