अबको प्रधानमन्त्री केपी ओली : केदार सिग्देल

भञ्ज्याङ न्यूज

नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँ क्षेत्र नं २ प्रदेश २ का उम्मेदवार केदार सिग्देलले अबको प्रधानमन्त्री केपी शर्मा ओली हुने बताएका छन् ।

ओली सरकारको पालामा नै देशमा आर्थिक सुशासन र विकास निर्माणको प्रक्रिया अगाडी बढेको हुँदा नेकपा -एमाले)को सरकारले मात्र देशमा समृद्ध नेपाल सुखी नेपाली बनाउने उनले बताए ।

‘नेकपा -एमाले) को सरकार हुँदा देशमा चुच्चे नक्सा जारी भयो, भारतीय हस्तक्षेपको विरुद्ध लड्ने काम भयो । एकैपटक देशका सबै पालिकामा १० शय्याको अस्पताल बनाउने कामको शुरुवात भयो । दीर्घकालिन महत्वको सडक निर्माणको कामको शुरुवात भए,’ उनले भने।

ऋषिङमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सिग्देलले सो कुरा बताएका हुन् । आफू संघीय सरकारको सांसद बन्दा तनहुँको क्षेत्र नं २ का विकास निर्माणमा उल्लेख्य भूमिका खेलेको हुँदा पुन एमालेको सरकार बनाउन आग्रह गरे ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker