तनहुँ-२ को विकासको जिम्मा म लिन्छु : उम्मेदवार गुरुङ

भञ्ज्याङ न्यूज

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं तनहुँ क्षेत्र नं २ का प्रतिनिधीसभाका सदस्य उम्मेदवार किरण गुरुङले तनहुँ निर्वाचन क्षेत्र नं. २ को विकासको जिम्मा आफूले लिने बताएका छन् ।

मंसिर ४ गते हुने आम निर्वाचनको प्रचार प्रसारका क्रममा शुक्लागण्डकीका विभिन्न क्षेत्रका मतदातालाई सम्बोधन गर्दै शुक्रवार उनले यस्तो बताएका हुन् । अबको यात्रा विकास र समृद्धिको भएको बताउदै नेता गुरुङले समग्र यस क्षेत्रको न्यायोचित विकासकालागि जिम्मा लिने बताए ।

सम्बन्धित वडा कमिटीको अगुवाईमा भएको घरदैलो अभियानमा उनले आफनो चुनावी घोषणापत्र र विकास निर्माणको अभियानको वारेमा जानकारी दिएका थिए । गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री समेत रहेका नेता गुरुङले नेकपा एमाले नै देशको परिवर्तनका मुख्य शक्ति भएको प्रष्ट पारे ।

तनहुँ निर्वाचन क्षेत्र नं. २ प्रदेश १ का उम्मेदवार श्यामराजा महतले पर्यटकीय शहर पोखरासँग जोडिएको यस क्षेत्रलाई भौतिक पूर्वाधारसँगै साँस्कृतिक शहरको रुपमा विकास गर्नुपर्नेमा जोड दिए । विविध भाषा, सँस्कृतिको दृष्टिले महत्वपूर्ण पालिकामा सँस्कृतिको पहिचान गर्दै संरक्षण गर्नुपर्नेमा जोड दिए ।

शुक्रवार शुक्लागण्डकी नगरपालिका वडा नं. १ को सेराबेसी, थप्रेक, काप्रेक, काठेपिपल, रतनपुर र वडा नं. २ को गाछेपानी, कोत्रे क्षेत्रका मतदाताको घरदैलोमा पुगेका थिए।

अभियानमा नेकपा (एमाले) जिल्ला कमिटीका नेता, पालिकास्तरका नेता, वडाका कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । शनिवार प्रतिनिधी सभा सदस्यका उम्मेदवार गुरुङ भिमाद क्षेत्रमा पुग्ने कार्यक्रम छ भने महत शुक्लागण्डकी-७ र म्याग्दे-५ पुग्ने योजना रहेको नेकपा एमाले जिल्ला सदस्य गोविन्द महतले जानकारी दिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker