रिस्तीको मतपेटीका दमौली ल्याइएसंगै व्यास नगरपालिकाको मतगणना सुरु

भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिका-८ रिस्तीमा बुधबार भएको पुनः मतदान शान्तिपूर्ण रुपमा सकिएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ५ बजेसम्म सञ्चालन भएको थियो । रिस्ती गाविस भवन फेदी (क) र (ख) मा भएको मतदानका क्रममा ९९५ मत खसेको मतदान अधिकृत नारायणप्रसाद ढकालले बताए ।

रिस्तीको (क) मतदान केन्द्रमा ७५६ र (ख) मतदान केन्द्रमा ८२० मतदाता रहेका थिए । गत वैशाख ३० गते भएको निर्वाचनका क्रममा ९२२ मत खसेको थियो ।

स्थानीय तह निर्वाचनमा व्यास नगरपालिकाका प्रमुख उम्मेदवार दीपकराज जोशीमाथि आक्रमण भएपछि निर्वाचन आयोगले रद्द गरेको पुनः मतदान भएको हो । पुनः मतदान कार्यलाई सुरक्षित बनाउन सुरक्षा व्यवस्था चुस्त बनाइएको थियो ।

जिल्ला प्रशासन कार्यालय तनहुँले मतदान केन्द्रमा अनधिकृत व्यक्तिलाई प्रवेश निषेध गरेको थियो भने मतदान केन्द्रभित्र मतदाता, उम्मेदवार र निजको प्रतिनिधि, निर्वाचनमा खटिएका कर्मचारी, अनुमत्रि्राप्त व्यक्ति वा संस्थाका प्रतिनिधि र सुरक्षामा खटिएका कर्मचारीबाहेक अन्य व्यक्तिलाई प्रवेश निषेध गरिएको थियो ।

यस्तै, रिस्तीको मतदान कार्य सम्पन्न भएसंगै व्यास नगरपालिकाको मतगणना बुधबार साँझ ९ बजेबाट सुरु गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुधबार बसेको सर्वदलीय बैठकले व्यास-८ रिस्ती फेदीको मतपेटिका दमौली आएलगत्तै मतगणना प्रक्रिया अगाडि बढाउने सहमति अनुसार अगाडि बढिएको बताइएको छ ।

जिल्ला समन्वय समितिको कार्यालयमा चार ठाउँमा मतगणना स्थल बनाइएको र चार वटा वडाको एकैसाथ गणना हुने सहायक निर्वाचन अधिकृत कृष्ण गौतमले जानकारी दिए । पहिलो चरणमा वडा नं. १, २, ३ र ४ को मतगणना अगाडि बढाइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker