कांग्रेस १४औं महाधिवेशन : गृहजिल्लामै कमजोर बन्दै वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत तनहुँमा वडा, पालिका र प्रदेश क्षेत्रका अधिवेशन सम्पन्न भएका छन् । अधिवेशनबाट निर्वाचित पदाधिकारी र चुनावी प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारहरुले प्राप्त गरेको मतपरिणामलाई हेर्दा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष गृहजिल्लामा कमजोर देखिएको छ ।

पालिका अधिवेशनमा संस्थापन पक्षधर मानिएका उम्मेदवारहरु बढी निर्वाचित भएका छन् । यस्तै, हालै सम्पन्न प्रदेश क्षेत्रका अधिवेशनमा भएको निर्वाचनमा पनि संस्थापन पक्षधरकै उम्मेदवारहरुको पक्षमा मत परिणाम आएका छन् ।

जिल्लाको २ निर्वाचन क्षेत्रमध्ये निर्वाचन क्षेत्र नम्बर २ को (क) र (ख) मा संस्थापन पक्षधरकै बहुमत उम्मेदवार निर्वाचित भएका छन् । २ को (ख) मा इन्द्रबहादुर आलेको नेतृत्व सर्वसम्मत चयन भएको छ । यस्तै, २ को (क) मा पनि संस्थापन पक्षधरकै प्यानल निर्वाचित भएको छ । २ को (क) मा जितराज रानाले २३८ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी हिराबहादुर थापाले १८१ मत प्राप्त गरे । राना संस्थापन पक्षधर उम्मेदवार हुन् भने थापा पौडेल पक्षका उम्मेदवार हुन् ।

यस्तै, निर्वाचन क्षेत्र नम्बर १ (क) को सभापतिमा विश्वेश्वर खनाल र क्षेत्र नम्बर १ (ख) को सभापतिमा काजीमान श्रेष्ठ निर्वाचित भएका छन् । यी दुवै उम्मेदवार पौडेल पक्षधर हुन् । तर, संस्थापन पक्षका उम्मेदवारबीच भएको चुनावी प्रतिस्पर्धामा प्राप्त मत परिणाम भने धेरै अन्तर छैन ।

क्षेत्र नम्बर १ (क) को सभापतिमा विश्वेश्वर खनालले २९० मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी शेष मोहम्मद हनिफ (गोरा मियाँ) ले २१६ मत प्राप्त गरेका थिए । मियाँ केन्द्रीय सदस्यहरु शंकर भण्डारी, गोविन्द भट्टराई र आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्लेको संयुक्त प्यानलका उम्मेदवार हुन् । यता खनाल जिल्ला सभापति बैकुण्ठ न्यौपाने र केन्द्रीय सदस्य प्रदीप पौडेल प्यानलका उम्मेदवार हुन् ।

क्षेत्र नम्बर १ (ख) को सभापतिमा काजीमान श्रेष्ठले २२० मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी राजेन्द्र पियाले १५४ मत प्राप्त गरे । श्रेष्ठ पौडेल निकटका हुन् भने पिया संस्थापन पक्षधर हुन् ।

क्षेत्र नम्बर १ वरिष्ठ नेता पौडेलको निर्वाचन क्षेत्र हो । जिल्ला सभापति न्यौपाने र केन्द्रीय सदस्य पौडेल वरिष्ठ नेता निकटका रुपमा हेरिएकाले सोही अनुसारको प्यानल निर्माण गरी अधिवेशनमा चुनावी प्रतिस्पर्धा भएको थियो । वरिष्ठ नेता पौडेलेका निर्वाचन क्षेत्रमा केन्द्रीय सदस्यहरु भण्डारी, भट्टराई र वाग्लेले आफू निकटको प्यानल तयार गरी चुनावी प्रतिस्पर्धामा उत्रिएर शक्ति मापन गरेको देखिन्छ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker