दमौलीको आदिकवि भानुभक्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी निर्वाचनको प्रक्रिया सुरु

भञ्ज्याङ न्यूज

तनहुँको दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसमा आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको प्रक्रिया सुरु गरिएको छ । क्याम्पसले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न पब्लिक क्याम्पस प्राध्यापक संघ नेपालका, क्याम्पस इकाइ अध्यक्ष उप-प्राध्यापक विजयराज खनालको संयोजकत्वमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन प्रबन्ध समिति गठन गरेको छ ।

उक्त समितिको सदस्यहरुमा संघका उपाध्यक्ष उप-प्रध्यापक चिरञ्जीवी बस्नेत, उप-प्राध्यापक जनक काफ्ले सहायक प्राध्यापक विष्णु हड्खले र सदस्य-सचिवमा पुस्तकालय सहायक दलबहादुर दरै रहेका छन् ।

क्याम्पस प्रमुख महाप्रसाद हड्खलेको अध्यक्षतामा बुधवार क्याम्पस सभा कक्षमा बसेको प्राध्यापक एवं कर्मचारीको संयुक्त बैठकले उक्त प्रबन्ध समिति गठन गरेको हो ।

क्याम्पसमा विद्यमान स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन विनियम २०७३ मा क्याम्पस प्रमुखले निर्वाचन प्रबन्ध समिति गठन गर्न सक्ने र क्याम्पस सञ्चालक समितिको अध्यक्षको संयोजकत्वमा निर्वाचन अनुगमन समिति गठन गर्न सक्ने प्रावधान रहेको छ ।

त्रिभुवन विश्वविद्यालयले आफ्ना आंगिक क्याम्पसहरुमा आगामी चैत्र ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने कार्यतालिका प्रकाशन गरी निर्वाचन प्रक्रिया प्रारम्भ गरिसकेको अवस्थामा क्याम्पसले पनि उक्त कार्यतालिका पालना गर्दै क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न लागेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker