कोभिड-१९ विरुद्धको बुस्टर खोप

तनहुँको व्यास नगरपालिकाले सञ्चालन गरेको कोभिड-१९ विरुद्ध बुस्टर खोप अभियानमा विहीबार खोप लगाउँदै एक वृद्धा । नगरपालिकाले सबै वडामा विहीबार र शुक्रबार कोभिड-१९ विरुद्धको पहिलो श्रृंखला (ज्यान्सेन खोपको एक मात्रा र अन्य कोभिड विरुद्धको खोपको हकमा दुइ मात्रा) पूरा गरी तीन महिना भएका १२ वर्षमाथिका नागरिकलाई पहिलो बुस्टर खोप र पहिलो बुस्टर प्राप्त गरेको छ महिना पूरा भई उच्च जोखिममा भएका तोकिएका लक्षित समूहलाई दोस्रो मात्रा बुस्टर खोप लगाउने भएको छ । तस्विर : भञ्ज्याङ










