माओवादी केन्द्र तनहुँका संयोजकको पदस्थापन, तनहुँको १ संघ र २ प्रदेशमा माओवादीको दावी

भञ्ज्याङ समाचारदाता/दमौली

नेकपा (माओवादी) केन्द्र तनहुँका संयोजक ओमराज आले (मदन)ले बुधबार पदस्थापन गरेका छन् । बुधबार पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी पदस्थापन गराइको छ ।

पार्टीका निवर्तमान संयोजक राजेन्द्रकेशरी न्यौपानेले आलेलाई माइन्युट हस्तान्तरण गरी पदस्थापन गराएका थिए । पदस्थापन पश्चात संयोजक आलेले पार्टीलाई नयाँ ढंगबाट अगाडी बढाउने बताए ।

‘सबैको सहयोग र सल्लाह अनुसार काम गर्र्छौ, पार्टीलाई नयाँ उचाइमा पुर्‍याउने संकल्प लिएका छौ’, उनले भने, ‘स्थानीय तहको निर्वाचन सकिएको र मंसिर ४ गते हुने निर्वाचनका लागि पनि छलफल गरेर अगाडि बढ्छौं ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरिबहादुर चुमान, आशा कोइराला, ओमकुमारी पौडेल लगायतले पार्टीका आन्तरिक गतिविधिका विषयमा चर्चा गर्दै पार्टीलाई मजवुद ढंगले अगाडि बढाउन लागि पर्ने आग्रह गरेका थिए । त्यस्तै, नेकपा माओवादी केन्द्रले तनहुँको १ संघ र दुइ प्रदेशमा दावी गर्ने भएको छ । मंसिर ४ गते हुने निर्वाचनका लागि माओवादी केन्द्रले केन्द्र र प्रदेशमा गरी ५० प्रतिशत हिस्सा माग गर्ने निर्णय गरेको हो ।

माओवादी केन्द्र तनहुँको बुधबार दमौलीमा सम्पन्न बैठकले गठबन्धन गर्दा पचास प्रतिशत हिस्सा लिएर मात्र गठबन्धन गर्ने र त्यसका लागि सम्पूर्ण पार्टी पंक्ति परिचालन गर्ने निर्णय गरेको व्यास नगर कमिटीका अध्यक्ष रामचन्द्र सापकोटाले बताए ।

२०७४ सालको निर्वाचनमा एमाले र माओवादीको तालमेलका माओवादीले दुइ प्रदेशसभा क्षेत्र लिएको थियो । नेपाली कांग्रेसले आफ्नै उम्मेदवारको व्यवस्थापन गर्न नसकिरहेका बेला माओवादीको यो दावीले तनहुँको राजनीति थप पेचिलो बनाउने संकेत गरेको छ ।

यस्तै, पार्टीको जिल्ला सचिवमा शुक्र चुमानलाई चयन गरिएको छ । आँवुखैरेनी गाउँपालिकाका अध्यक्ष समेत रहेका चुमानलाई बुधबार बसेको बैठकले सचितमा चयन गरेको हो । बैठकले माओवादी केन्द्र तनहुँ १ नम्बर क्षेत्रीय कमिटीको संयोजकमा दिपक पन्त र २ को संयोजकमा मुक्ति सिग्देललाई चयन गरेको छ । बैठकले भदौ १८ गतेभित्र प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रीय कमिटीले सिफारिस गरी पठाएका उम्मेदवारको नामावली प्रदेश कमिटीमा पठाउने निर्णय गरेको बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker