नयाँपुस्तालाई परम्परागत सीप हस्तान्तरण

तनहुँको व्यास नगरपालिका-५ बेनीपाटन स्थित पराशर माध्यमिक विद्यालयका विद्यार्थीहरु सालको पातबाट दुना टपारी बनाउन सिक्दै । विद्यालयले कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलाप अन्तर्गत परम्परागत सीप सिकाउने गरेको छ ।

बढ्दो प्लाष्टिकजन्य भाडावर्तनको प्रयोगका कारण धार्मिक र साँस्कृतिक महत्व बोकेको दुनाटपरीको प्रयोग र बनाउने सीप लोपहुँदै गएको छ ।

तस्विर : भञ्ज्याङ










