मिथिला र रामायणसंग जोडिएकी सीता को हुन् ?

सीता ओझा

सीता अथवा वैदेही, जानकी नाम गरेकी कन्या रामायण र रामकथामा आधारित पात्र हुन् । उनी अन्य रामायणहरू जस्तै रामचरितमानसकी मुख्य पात्र हुन । सीता मिथिलाकी राजा जनककी जेठी छोरीको मान र स्थान पाएकी कन्या थिइन् । उनको विवाह अयोध्याका राजा दशरथको जेठो छोरा रामसँग, स्वयंवरमा शिवको धनुषको ताँदो चडाउँदा चडाउँदै भाँचिएको कारण, रामलाई बलवान् मानेर राजा दशरथले रामसँग गरिदिएका । शिव धनुमा ताँदो चडाउनेसँग विवाह गर्ने शर्त सीताले राखेको होइनन् । उनका पिता जनकले छोरीको विवाह आफ्नो राज्यको संरक्षण र राज्यको सुरक्षासँग जोडेर राखिएको प्रस्ताव थियो ।

राजा जनकका सन्तान थिएनन् । सन्तान नभएकै कारण बेवारिसे -जमिनमा फेला परेकी) कन्या, सन्तानको भोक मेटाउन र पुन्य प्राप्ति गर्ने मनसायले राजा जनकले दरवारमा लगेर पालन पोषण गरेका थिए । दरवारमा लगेको केही समयपछि कन्याको नामकरण गरियो । कन्याको जन्म अवस्थालाई आधार मानेर न्वारानमा “सीया” नाम राखियो । “सीया” शव्द अपभ्रंष हुदै “सीता” हुन पुग्यो । हलो जोत्नेक्रममा जमिनमा भेटिएको कारण सीतालाई “जानकी” पनि भनिने गरियो । सीताको जन्म सम्बन्धमा अनेकौं प्रसङ्गका कथाहरू लेखिएको छन् ।

सीता पात्र त्यो समयको समाजमा महिला एवं आर्थिक, सामाजिक र राजनीतिक राज्य व्यवस्थाको चित्रणको मिथक हो। तथ्यपरक भएर विश्लेषण गर्ने हरुो भने सीता पात्रको जन्म, कर्म र मृत्यु तीनै अवस्थाको बारेमा यहि सत्य हो भन्न गाह्रो छ साथै रहस्यमय पनि छ। सीता र जनक जोडिएको कारण सीताको जनकपुर र राजा जनकसँगको सम्बन्ध अकाट्य छ र हो । राजा जनक र सीता जोडिएको भुमि नेपालको भुमि हो ।यो कहिल्यै हार र जितसँग जोडिएको छैन ।

नेपालका राष्ट्रिय विभूतिमध्ये एक जनक हुन् । उनी हृस्वरोमाका पुत्र हुन् र जनकको पुराणप्रसिद्ध नाम शीरध्वज हो । राजा जनकको झण्डामा हलो चिन्ह रहेकाले उनको नाम शीरध्वज हुनपुगेको हो । राजा जनकले यज्ञका लागि जमिन जोत्दा फालीको टुप्पाले सीतालाई बाहिर निकाल्यो । त्यहि कारण जनकको नाम शीरध्वज हुनपुगेको अड्कल काट्ने पनि गरिएको छ । जनककी छोरी भएकी नाताले सीताको अर्को नाम जानकी पनि हो ।

ऐतिहासिक पक्षसँग जोडिएको विषय अनुसार वशिष्ठ ऋषिको श्रापले मरेका राजा निमिको शव मन्थन गर्दा ‘मिथि’ जन्मिएका र उनको राज्य मिथिला बनेको भन्ने पनि पढ्न पाइन्छ । मिथिलालाई विदेह पनि भनिने भएकाले विदेहकी छोरीको अर्थमा सीताको नाम वैदेही पनि रहेको भेटिन्छ । रामायण र याज्ञवल्क्य स्मृतिमा राजा मिथि अनुसार मिथिला नगरीको उल्लेख गरेको भेटिन्छ । मत्स्यपुराणका अनुसार मिथिल नाम गरेका ऋषिको आश्रम भएको कारण मिथिला नाम रहेको पनि उल्लेख गरेको पाइन्छ । राजाको नामबाट होस् अथवा ऋषिको नामबाट; मिथिला नाम ज्यादै प्राचीन र लोकप्रिय राज्य थियो भन्ने कुरामा भने शंका गर्ने ठाउँ छैन । सीताको जन्म सम्बन्ध र शास्त्रसँग जोडिएका प्रसङ्गहरू :-

सीताको जन्मको विषयमा पुराणहरूमा एकरूपता पाइँदैन । वाल्मिकी रामायण, आनन्द रामायण, अद्भूत रामायण, अध्यात्म रामायण, कम्ब रामायण-तमिल रामायण, देवी भागवत आदि पुराणमा सीताको बारेमा लेखिएका कथाहरू फरक फरक छन्।

१, देवी भागवतका अनुसार लद्राधिपति रावणले आफ्नो पहिलो सन्तान -कन्या)लाई सन्दुकमा बन्द गरेर धर्तीमा गाडिदिएको थियो। यसरी गाडीएको स्थान जनकपुर थियो। गाडिएकी बालिका सीता ः मय नाम गरेको राक्षसकी छोरी मन्दोदरीसँग बिहे गर्ने बेलामा रावणले पहिलो सन्तान कै -ती कन्या) कारण उनको वंशै समाप्त हुने कुराको भविष्यवाणी सुनेको कारणले जन्मिनासाथ कन्यालाई गाडेको हो भन्ने पनि भेटिन्छ ।

२, अद्भूतरामायण अनुसार रावणको अत्याचार ज्यादै बढेको, ऋषि, तपस्वीहरूलाई निकै कष्ट दिएको, तपस्यारत ऋषि, तपस्वीका शरीरमा बाणले घोच्दै रगत झिकेर घैँटामा भरेको, गृत्समद नाम गरेका ऋषि तपस्या गरिरहेको अवस्थामा -उनले हातमा राखेको कुशको अग्रभागबाट निस्किएको दूध घैँटामा जम्मा गर्थे ! रावणले त्यो थाहा पाएर, त्यो घैँटो चोरी दूध जति आफ्नो घैँटामा भरेको र भरिएको घैटो लिएर मन्दोदरीलाई बुझाएको, रावणबाट वाक्किएकी मन्दोदरीले आत्महत्याको उद्देश्यले त्यही रगत मिसिएको दूध खाएर मन्दोदरीको गर्भ रहन गएको, मन्दोदरीले गर्भलाई लुकाउन बच्चा जम्माउने समयसम्म तिर्थको लागि हिडेको र जन्मिएकी कन्यालाई बाकसमा राखेर जमीन मुनि गाडिदिएको अवस्थामा जमिनमा हलो जोत्न पुगेको, त्यो भुमि मिथिलामा परेको, खडेरीको अन्त्य गर्न राजा जनकले हलो चलाउँदा पानी पर्ने भनिएको, बर्षौंदेखि बाँजो रहेको खुला जमिनमा हलो जोद्धै जाँदा फालि अडि्कएर खनेर हर्ेदा बाकसमा कन्या फेला गरेको, तिनै कन्याको नामाकरण सीता गरिएको आदि प्रसङ्ग जोडिएका छन् ।

३, आनन्द रामायणका अनुसार मिथिला भूमिमा एक ब्राहृमणले सन्दुक फेला पारी राजा जनकलाई जिम्मा दिए । त्यसभित्र कन्या भएकीले राजा जनकले उनको पालनपोषण गरेका हुन/थिए। मिथिला भूमिमा सन्दुक गाड्ने काम चाहिँ रावणले गरेको थियो । गाड्दा सीताले रावणलाई श्राप दिँदै भनेकी थिइन्- ‘म फेरि लंका आएर तँ र तेरो वंशलाई सखाप पार्नेछु ।’ आनन्दरामायणकै अनुसार सीता विष्णुले दिएको महालिङ्गबाट निस्किएकी ‘पद्मा’ राजा पद्माक्षरकी छोरी हुन्। पद्माको बिहेका लागि आयोजित स्वयम्बर समारोहमा दैत्यले तँछाड मँछाड गर्दै कोलाहल मच्चाएकाले उनी आगोमा विलीन भइन् । केही कालपछि उनी अग्निकुण्डबाट निस्कँदा रावणको कुदृष्टि परेको र उसले पछ्याउँदै आएकाले उनी पुनः आगोमै हराएकी थिइन् भन्ने पनि छ ।

त्यस्तो देखेपछि रावणले अग्निकुण्ड समेत भत्काउन लगायो र त्यहाँ पञ्चरत्न हात पार्‍यो। सन्दुकमा राखिएको पञ्चरत्नमा मन्दोदरीले कन्याका रूपमा पद्मालाई देखिन्। यो थाहा पाएपछि रावणले सन्दुक बन्द गरेर जमीनमा गाडिदियो र त्यही गाड्ने बेलामा पद्मा -सीता)ले श्राप दिएकी थिइन भन्ने पनि सुन्न, पढ्न पाइन्छ ।

४, कम्बरामायणका अनुसार शीरध्वज -जनक)का भाइ कुशध्वजकी छोरी वेदवती रावणका कारण आगोमा होमिई खरानी भएकी थिइन् । त्यही खरानीबाट वेदवतीले सीताको अवतार लिएकी हुन् ।

यो कथा अनुसार सीता कुशध्वज र मालावतीकी छोरी भन्ने बुझिन्छ । अन्य किम्बदन्तिका आधारमा सीतालाई मिथिलाका राजा जनककी छोरी भनिएता पनि रामायणका अनुसार सीताको जन्म रावणकी धर्म पत्नी मन्दोधरीको गर्भबाट भएको हो । त्रेतायुगमा लंकाका तत्कालीन राजा रावणले शिवबाट वरदान पाए पश्चात् आफ्नो ताकतको घमण्डले पृथ्वी भरी उत्पात मचाएको प्रसङ्ग पढ्न पाइन्छ ।

रावणले प्रत्येक दिन जनताहरूबाट कर असुलेर एक किलो सुन ल्याउने गथ्र्यो । यस्तो सहि नसक्नु बेथिती गरेको कारण सौनकादी ८८ हजार ऋषिहरूले रावणको वंश नाश गर्नका निम्ति आ-आफ्नो रगत अलिअलि निकालेर एक पञ्चरंगी डिब्बामा एक किलो तौल बराबर बनाएर राखेको,केही दिन पछि रावण कर असुली गर्न ऋषिहरू भएको ठाउँमा गएको, ऋषीहरूले रगतको डिब्बा रावणलाई दिएर यस्तो भनेका हुन्छन् । “महाराज हामीले यो डिब्बामा एक किलो सुन जम्मा गरेका छौँ। यो लिएर जानुस् ।” यो सुनेर रावणले त्यो डिब्बा तराजुमा राखेर नाप्दा एक किलो भएको कारण नखोलि घर लिएर गएको, रावणले सँधैको जस्तै त्यो डिब्बा आफ्नी धर्म पत्नी मन्दोधरीलाई राख्न दिएको, मन्दोधरीले आज पञ्चरंगी डिब्बामा के रहेछ – भन्ने विचारले खोलेर हेर्दा रगत देखियो ।

मन्दोधरीले रगत रावणकी कोही अरु रानी अथवा कोही पर स्त्रीको हो भन्ने ठानेर रिसले रगत पिएको, केही दिनपछि मन्दोधरीलाई गर्भ रहेको, मन्दोधरीको पेटमा धेरै पीडा भएका कारण रावणले ज्योतिषहरूलाई बोलाएर लक्षण हेर्न लगाएको, ज्योतिषहरूले मन्दोधरीको गर्भबाट रावण कुलको नास गर्ने एक पुत्रीको जन्म हुने संकेत दिएपछि, रावणले मन्दोधरीको गर्भ पतन गराएर एक घडामा राखि आफ्नो पुष्पक विमानमा बसेर घडा छोड्ने उचित ठाउँ हेर्न गएको, हेर्दै वाँदा जनकपुरमा राम्रो र गहिरो तलाउ देखेर, शिशु बाँच्ने सम्भावना कम भएको विश्वासले घडा तलाउमा माथिबाटै फालिदिईको, केही दिन पछि जनकपुरमा ठूलो खडेरीका कारण तलाउको पानी सुक्यो । खडेरीको निवारणार्थ राजा जनकले अश्वमेध यज्ञ निमित्त त्यही तलाउ भएको ठाउँमा हलो जोत्दा हलोको सियाबाट घडा निस्क्यो ।

राजा जनकले घडा खोलेर हेरे पछि -कन्या) शिशु भएको थाहा पाए। राजा जनकका अरु सन्तान नभएका कारण बढो स्नेहले ती कन्याको पालन पोषण गरे। पछि गएर कन्याको नामकरण भयो । पहिले कन्याको जन्मको आधारमा “सिया” नाम राखे । पछि गएर सीता भन्ने गरिएको प्रसङ्ग माथिनै उल्लेख छ । सीताको जन्मको अबस्था हेर्दा मातापिताको पहिचान देखिन्न । पालन, पोषण र संरक्षणको हिसाबबाट जोडिएको सम्बन्ध भनेको राजा जनक र मिथिला राज्य नै हो ।

सव्यताको हिसाबले पहिले र पहिलेको नेपालको भुमि आदि सव्यतासँग जोडिएको भुमि हो । शाक्त, शिव, मिथिला, कौसीक र वैश्णव सव्यता नेपाली भुमिसँग सम्बन्ध भएका सव्यता र ज्ञान, ध्यान, तप र जप भुमि मानिएको कारण यी नेपाल र नेपालीका सम्पदा हुन् । सीताको पनि यहि ऐतिहासिकतासँग जोडिएकोलजे यो भुमि नेपाली भुमि हो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker