घुमाउने घर खरले छाको छ सार्वजनिक (भिडियो सहित)

गायक रमेश सार्थक र लक्ष्मी दाहालको स्वरमा ‘घुमाउने घर खरले छाको छ’ बोलको गित सार्वजनिक भएको छ । सार्वजनिक गीतकाे शव्द प्रकाश पौडेलले लेखेका हुन ।

खेम पुनको सङ्गीत रहेको गीतमा याम थापा मगरले सङ्गीत संयोजन गरेका छन । गीतकाे म्युजिक भिडिओ पनि सार्वजनिक भएको छ । गोविन्द न्यौपाने र हिमानी थापाले म्युजिक भिडिओमा अभिनय गरेका छन् ।

टिकाराम आचार्यले निर्देशन गरेकाे गीतमा गाउँघरलाई समेटेर छायाङ्कन गरिएकाे छ । गाउँ घरमा हुर्किएकाे केटो सहरका जन्मिएकी केटीसँग माया प्रेममा परेपछि विवाह गरेर गाउँमा लगिसकेपछि घरधन्दा साथै आगामी जीवनयापन गर्दा आउने उतारचढावलाई देखाउन खाेजिएकाे छ ।

भिडिओमा गाउँघरका दरै, बोटे, कुमाल, मगरको घुमाउने घरलाई समेटेर व्यास नगरपालिका-१० दुम्सी, दरै समाज हाेमस्टे र परेवाडाँडाका दृश्य कैद गरिएकाे छ ।

https://www.youtube.com/watch?v=kFWbm5OTLKw

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker