‘चुलबुले कान्छी’ कौडा/चुट्का गीत सार्वजनिक (भिडियो र तस्विर सहित)

भञ्ज्याङ न्यूज

विशेष गरी गुरुङ र मगर समुदायको साँस्कृति र अन्य समुदायलाई समेत आकर्षित गर्ने कौडा/चुट्का गीत संरक्षणको अभियानमै लागेका र्सजक रेशम गुरुङको शब्द तथा लयमा नयाँ मौलिक कौडा/चुट्का गीत ‘चुलबुले कान्छी’ सार्वजनिक गरिएको छ ।

तनहुँको भिमाद नगरपालिका-५ को ऋषिङ पाटन क्षेत्रमा छायाङ्कन गरिएको उक्त गीत हाईलाइट्स नेपालको युट्युब च्यानल मार्फ सार्वजनिक गरिएको हो ।

गीतमा दिपक लामाको प्रस्तुतिमा मिन गुरुङ, बिना भट्टराइ, तेजेन्द्र दुरा र बबिता गुरुङको सुमधुर आवाज रहेको छ । यस्तै मौलिक कौडा चुट्का गीत ‘चुलबुले कानछी’ गीतमा दुर्गा गुरुङको एरेन्ज, भेष गुरुङ र पिटर गुरुङको छायांकन, बिष्णु हरि तिमिल्सिनाको सम्पादन, पर्सन गुरुङको निर्देशन रहेको छ ।

उक्त गीतमा मान बहादुर बराल मगरको मिक्सिङ, दिपेन्द्र गुरुङको प्रोग्रामिङ रहेको छ भने उर्मिला गुरुङ, दिपक लामा, निशा गुरुङ, बिनिता गुरुङ, राजु गुरुङ र सन्जु गुरुङको अभिनय रहेको छ ।

तनहुँको कौडा र चुट्का गीत निकै चर्चित छन् । बालबालिका, युवयुवतीदेखि वृद्धवृद्धालाई समेत कौडा र चुट्का गीतले आकर्षित गर्ने मात्र होइन स्वतस्फूर्त रुपमा नचाउने भएकाले यो लोकसंस्कृति संरक्षण अभियानमै लागेका तनहुँको भिमाद नगरपालिका-५ ऋषिङ पटनका रेशम गुरुङले ‘चुलुबुले कान्छी’ बोलको गीत बजारमा ल्याएका हुन् ।

पछिल्लो समय नयाँपुस्ता आयतित संस्कृति र प्रविधि तर्फआकर्षित हुँदै जाँदा हाम्रा गाउँघरका परमपरागत लोकसंस्कृति लोप हुने खतरामा परेका छन् । विशेष गरी गुरुङ, मगर, दरै लगायतका समुदायको परम्परागत संस्कृति भएपनि कौडा र चुट्का गीत प्रति अन्य समुदाय पनि आकषिर्त हुने गर्दछन् ।

भिडियो हेर्नका लागि यो लिंकमा जानुहोला ।

https://www.youtube.com/watch?v=J5zn61zA1DY&list=RDJ5zn61zA1DY&start_radio=1

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker