सरकारमा दलित समुदायको प्रतिनिधित्व नहुनु गैर संबैधानिक : परियार

काठमाडौ । राष्ट्रिय सभाको श्रावण ७ गतेको बैठकमा सांसद पदम बहादुर परीयारले अहिलेको सरकारमा दलित समुदायको प्रतिनिधित्व नहुनु गैर संबैधानिक भएको बताएका छन ।

बैठकको विशेष समयमा बोल्दै सांसद परियारले हालको सरकार तथा यस भन्दा अगाडिका सरकारले पनि दलित समुदायको यथोचित प्रतिनिधित्व नगराएर ६० लाख भन्दा बढि दलित समुदायलाइ दुखी बनाएको बताएका छन । उनले भने,’त्यतिमात्र होइन, दलितको प्रतिनिधित्व नगराएर सरकारले लोकलाजको पनि वेवास्ता गरेको छ ।’

संवैधानिक व्यवश्था हुँदा पनि दलहरुले ६० लाख दलितहरुलाइ निराश पार्ने काम गरेको सांसद परियारले बताए । उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीले संसदमा हिजो भन्नु भो की हामी नेपाली जनतामा भएको निराशालाइ हटाएर एउटा नयाँ आशा जगाउनेछौ । हो म पनि आशाबादी छु तर मलाइ विहान मात्र मेरा एक जना पाटीका मित्रले फोन गरेर भन्न भो की माननिय ज्यु तपाइ र हालका सांसदहरु त यो देशको नेतृत्व गर्न काविल ठानीएन भने, हामी त के आशाले अब पाटीमा सक्रिय हुने, के यसरी नयाँ आशा जगाउन सकिएला ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker