तनहुँ समाज हङकङद्धारा मृगौला पीडितलाई ४ लाख ६० हजार सहयोग

विभिन्न रोगका कारण पीडित भएकाहरुको उपचारार्थ सहयोग गर्दै आएको तनहुँ समाज हङकङले मंगलबार एक युवालाई सहयोग गरेको छ । केही समयदेखि मगौला सम्बन्धी समस्याबाट पीडित बनेका तनहुँको व्यास नगरपालिका–५ पतेनीका २३ वर्षीय रुपेश नेपालीलाई समाजले आर्थिक सहयोग गरेको हो ।

नेपालीको उपचारार्थ समाजले ४ लाख ६० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । समाजका सल्लाहकार कर्णबहादुर नेपालीको संयोजकत्वमा संकलित उक्त रकम विभिन्न शिलशिलामा हङकङ पुगेका ४९ जना तनहुँङ्गेबाट संकलन गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरे तथा तनहुँ समाज हङकङका पूर्व अध्यक्ष द्धय जंग बहादुर थापा र भीमराज गुरुङले पीडितका बुबा रामबहादुर नेपालीलाई मंगलबार उक्त रकम हस्तान्तरण गरेको छ ।

पीडित रुपेशको १ महिना अघि मात्र भक्तपुर स्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट मृगौला प्रत्यारोपण गरिएको हो । उनलाई उनकै बुबा रामले मृगौला दान गरेका हुन् ।

सहायक प्रमुख जिल्ला अधिकारी गैरेले गम्भिर प्रकृतिका रोग लागेका नागरिकको उपचारमा राज्यले पनि ठुलो राहत उपलब्ध गराउन नसकिरहेको अवस्थामा समाजले उल्लेखनीय योगदान गरेको बताए । समाजले सेवा गरि धेरै विपन्न परिवारको आशिवार्दसँगै जीवनभर आत्मसन्तुष्टि र आनन्द प्राप्त गर्ने काम गरिरहेको उनले चर्चा गरे । आफुहरुले दुखसुख गरि कमाएको रकम निम्न वर्गीय पविारको उपचारार्थ सहयोग गरि दुखको सारथी बन्न सफल भएको भन्दै उनले संस्थाप्रति आभार समेत व्यक्त गरे ।

समाजका पूर्व अध्यक्ष थापाले पीडित परिवारबाट प्राप्त निवेदनका आधारमा रकम संकलन गरि उपचारमा सहयोग गर्दै आएको बताए । “हाम्रो संस्थासँग धेरै जनाले सहयोगको अपिल गरिरहनु भएको हुन्छ, हामीले पीडितको अवस्था र हाम्रो क्षमता अनुसार निरन्तर सहयोग उपलब्ध गराउदै आएका छौँ”, उनले भने ।

साथै समाजका पूर्व अध्यक्ष भीमराज गुरुङ्गले हङकङमा रहेका तनहुँङ्गेहरुको एकताकै कारण ठुलो रकम संकलन गरि पीडितलाई राहत रकम उपलब्ध गराउन सफल भएको बताए । साथै प्राप्त रकमको सदुपयोग गर्न उनले पीडितका परिवारलाई आग्रह समेत गरे ।

समाजले १२ वर्ष देखि निरन्तर तनहुँको विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको समाजका कार्यक्रम संयोजक प्रदीप काफ्लेले जानकारी दिए । सुरुका दिनमा शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएको समाजले अहिले हरेक २– ३ महिनाको अन्तरालमा गम्भिर प्रकुतिका रोगबाट पीडित बनेकाको उपचारमा सहयोग गर्दै आएको छ ।

तनहुँ समाज हङकङले हालसम्म ९ जना मृगौला पीडित, एक जना मुटु रोगी, करेण्ट लागेर हात गुमाएका एक जनालाई र एक जना क्यान्सर पीडितलाई गरि लाखौं सहयोग गरिसकेको छ । यसका साथै विभिन्न प्राकृतिक प्रकोपबाट पीडित भएकाहरुलाई पनि समाजले सहयोग गर्दै आएको छ ।

समाजले ०७२ सालको भुकम्पपछीको पुननिर्माण, कोभिड नियन्त्रण र न्युनिकरण, जिल्लाको शिक्षा, स्वास्थ्य र खानेपानी, सञ्चार र पर्यटनका क्षेत्रमा पनि सहयोग गर्दै आएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker