तनहुँको बन्दीपुर -५ याम्पा आँधीखोलामा ट्रकको ठक्करबाट ८ जना घाइते

भञ्ज्याङन्युज

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका-५ याम्पा आँधीखोलामा ट्रकको ठक्करबाट बुधबार ८ जना घाइते भएका छन् । ना ४ ख १९७३ नम्बरको ट्रकले सडकछेउ रहेको घरमा ठक्कर दिँदा घरभित्र रहेका र बाहिर बसिरहेका ८ जना घाइते भएका हुन् ।

ट्रकको ठक्करबाट घरमा क्षति भएको छ भने विद्यालय जान बस कुरिरहेका विद्यार्थी सहित घाइते भएको स्थानीय समेत रहेका प्रहरी नायक उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए । घुम्तीमा एक्कासी ट्रकले आएर ठक्कर दिँदा विद्यालय जान बस कुरिरहेका विद्यार्थी र अन्य केही स्थानीय घाइते भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट बन्दिपुर गाउँपालिका-१ को १२ वर्षीय आयुष भुजेल, बन्दिपुर-१ की ६ वर्षीया आयुषा भुजेल, बन्दिपुर-१ को ५० वर्षीया चेत बहादुर घर्ती, बन्दिपुर-१ को ५५ वर्षीया सन बहादुर भुजेल, बन्दिपुर-१ की १० वर्षीया जस्मिन भुजेल, बन्दिपुर-१ को १० वर्षीय इश्वर भुजेल, बन्दिपुर-१ को १० वर्षीय समरि भुजेल र बन्दिपुर-१ को ५ वर्षीय सन्तोष भुजेल घाइते भएका छन् ।

घाइतेहरुलाई आँबुखैरेनी स्थित हाडजोर्नी अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचारका लागि चितवन पठाइएको प्रहरीले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker