मजदुरको पिसिआर परीक्षण पश्चात तनहुँ जलविद्युत आयोजनामा विद्युतगृहको काम शुरु

  • भञ्ज्याङ समाचारदाता (दमौली)

तनहुँ जलविद्युत आयोजना अर्न्तर्गतको विद्युतगृह निर्माणको काममा खट्टएिका सबै मजदुरको पिसिआर परीक्षण गरिएपछि पुनः काम शुरु भएको छ । तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन आयोजनाका मजदुरले पिसिआर परीक्षण गर्नुपर्ने माग राख्दै आन्दोलन गरेपछि केही दिन विद्युतगृहको काम अवरुद्ध भएको थियो ।

मजदुरको माग बमोजिम निर्माण कम्पनीले २१७ जनाको पिसिआर परीक्षण गरेपछि काम नियमित भएको सिनो हाइड्रो मजदुर युनियनका संयोजक आशिष श्रेष्ठले जानकारी दिए । ‘एक जना चालकमा कोरोना संक्रमण देखिएपछि सबै मजदुरको पिसिआर गर्नुपर्ने माग सहित काम बन्द गरेका थियौ, सबैको पिसिआर परीक्षण पश्चात् रिपोर्ट नेगेटिभ आएपछि काम शुरु गरेका छौ’, उहाँले भन्नुभयो । सिनो हाइड्रो कम्पनीले परीक्षणको व्यवस्था गरेको थियो ।

१४० मेगावाट क्षमताको आयोजना अर्न्तर्गत सिनो हाइड्रोले दोस्रो प्याकेज अर्न्तर्गतको विद्युतगृह निर्माणको काम गरिरहेको छ । विद्यृतगृह निर्माणका लागि १८८ मिटर केवल टनेलको काम केही समय अगाडि मात्रै सम्पन्न भएको थियो । सिनोले आयोजनाको प्याकेज दुइ अर्न्तर्गतको सुरुङ, विद्युतगृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ।

१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको प्रशारण लाइन निर्माणको काम पनि तीव्र गतिमा भइरहेको छ । दमौलीदेखि भरतपुरसम्म २२० केभीको डबल र्सर्किट प्रशारण लाइन निर्माण गरिनेछ। उक्त कामको ठेक्का भारतीय कम्पनी केइसीले पाएको छ । प्रशारण लाइनका लागि चालु आर्थिक वर्षा ३० वटा टावर निर्माण गरिनेछ । प्रशारण लाइनका लागि कूल ९४ वटा टावर निर्माण गरिनेछ । प्रशारण लाइन निर्माणको काम सन् २०२२ मार्चसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

पहिलो प्याकेज अर्न्तर्गतका कामका लागि तीन वटा कम्पनीको बोलपत्र परेको र ती बोलपत्र उपर मूल्याङ्कनको काम भइरहेको आयोजनाले जनाएको छ । पहिलो प्याकेज अर्न्तर्गतका कामका लागि लार्सन एण्ड टर्बो इन्डिया, चाइना गेजुवा कम्पनी र सोङ्दा भियतनाम/कालिका जेभीले बोलपत्र पेश गरेका थिए । पहिलो प्याकेज अर्न्तगत एक सय चालिस मिटर अग्लो कक्रिट बाँध, नदी फर्काउने दुइवटा सुरुङ, अस्थायी बाँध लगायतका संरचना निर्माण गरिनेछ।

आयोजनाका लागि एक सय चालिस मिटर बाँध, एक हजार १ सय ६२ मिटर र ७४ मिटर को मुख्य सुरुङ, ८९ मिटर लम्बाई, २२ मिटर चौडाइ र ४४ मिटर उचाई भएको भूमिगत विद्यृतगृह निर्माण गरिनेछ । खुद उचाई १२१ मिटर रहने आयोजनाबाट सुख्खायामा १७८.९० मेगावाट र वर्षायाममा ३२३.६८ मेगावाट उर्जा उत्पादन गर्नेछ । आयोजनाको कुल लागत ५०५ मिलियन अमेरिकी डलर (प्रशारण लाईन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) रहेको छ । जाइकाले दोस्रो प्याकेज अर्न्तर्गतका कामका लागि रु १८४ मिलियन डलर बेहोर्ने छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker