न्यायालयले गर्ने फैसलामा सम्मान छ : रास्वपा उपसभापति वाग्ले

दमौली : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति एवं तनहुँ क्षेत्र नम्बर १ का सांसद डा स्वर्णिम वाग्लेले न्यायालयले गर्ने हरेक फैसलालाई पार्टीले सधैं सम्मान गर्दै आएको बताएका छन् ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडामा आज कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै वाग्लेले पार्टीले सञ्चालन गरेको हस्ताक्षर अभियान न्यायपालिकालाई प्रभावित पार्न नभएको स्पष्ट पारे । उनले हस्ताक्षर अभियान सञ्चालन गर्दैमा सभापति रवि लामिछाने छुट्ने होइन भन्दै न्यायपालिकाले गर्ने कार्यसम्पादनमा दखल नदिने बताए । उनले भने, ‘न्यायपालिकाले गर्ने फैसला हामी मान्दै आएका छौँ र मान्नेछौँ ।’

उपसभापति वाग्लेले पार्टी सभापतिमाथि राजनीतिकरण भएको आफूहरुको बुझाइ रहेको उल्लेख गरे । पार्टीप्रति आम जनताको आकर्षण बढेको दाबी गर्दै उनले सबैभन्दा ठूलो अदालत भनेको जनअदालत भएको बताउँदै उनले भने, ‘आफूहरु २०८४ को चुनावको तयारीमा रहेको बताउँदै त्यसलाई पार्टीप्रतिको आकर्षणले बलियो बनाएको छ ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker