संविधान दिवसमा एमाले गण्डकीको ‘संचारकर्मीसंग नेकपा (एमाले)’ कार्यक्रम

पोखरा : संविधान दिवसको सन्दर्भमा नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले बुधबार “संचारकर्मीसंग नेकपा (एमाले)” कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा पार्टी सचिब तथा गण्डकी प्रदेश इन्चार्ज गोकर्ण बिष्टले संविधानप्रती बितृष्णा फैलाउने तत्वको सक्रियता बढेको भन्दै ब्यबस्थालाई नै असफल बनाउन हुने हर षडयन्त्रलाई परास्त गर्न राजनीतिक दलहरू एकताबद्ध हुनुपर्ने उल्लेख गर्नु भयो।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन संविधानले ब्यबस्था गरेका आधारभुत अधिकारको पूर्ण प्रत्याभूति जनतालाइ दिलाउनु पर्ने बताउनुभयो। संविधानका सम्पूर्ण अधिकारको निर्बाध प्रयोग गर्दै नागरिकहरू पनि राज्यप्रती जिम्मेवार र जबाफदेही हुनु पर्ने बिष्टको भनाइ थियो।

नेपालको संविधान धेरै दृस्टीकोणले उत्कृष्ट भएको भन्दै संविधानको कार्यान्वयन गराउने काम सरकारको भएको र सरकारको जिम्मेवारी सम्हालेका पात्रहरू चनाखो हुनुपर्ने बताउनुभयो। अहिले नै संविधान संसोधनको बिषय निरर्थक हो बिष्टले उल्लेख गर्नुभयो । पार्टी स्थायी कमिटी सदस्य किरण गुरुङले संविधान पूर्ण कार्यान्वयनको दिशामा देश अगाडि बढेको भन्दै अब दृढतापूर्बक संविधान कार्यान्वयनमा लाग्नु पर्ने उल्लेख गर्नुभयो ।

त्यसैगरी स्थायी कमिटी सदस्य खगराज अधिकारीले संविधान निर्माणका क्रममा देखिएका कमि कमजोरी हटाउदै अगाडि बढ्नुपर्ने भन्दै संविधान धेरै ठूलो बलिदानिले आएको उल्लेख गर्नुभयो । संविधान क्रमशः सबल बनाउनुपर्ने अधिकारीको भनाइ थियो।

संविधानको कार्यान्वयन गर्ने पात्रहरूका कमजोरीहरू सुधार्नु पर्ने भन्दै अधिकारीले सुशासन कायम गर्न बर्तमान संविधान सबल भएको बताउनु भयो।प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन प्रदेश कमिटीका उप- सचिब एबम प्रचार तथा प्रकाशन बिभाग प्रमुख रश्मि आचार्यले गर्नुभएको थियो।

कास्कीका विभिन्न संचार माध्यममा कार्यरत संचारकर्मीहरूको उपस्थिति रहेको सो कार्यक्रममा गण्डकी प्रदेश सरकारले संसदमा पेश गरेको आम संचार बिधेयक , गण्डकीको पत्रकारिता ,संचारकर्मीका समस्या र समाधानका लागि एमालेले खेल्न सक्ने भूमिकाको बारेमा छलफल भएको गण्डकी प्रदेश प्रचार तथा प्रसार बिभाग सदस्य रामजी प्रसाद लम्सालले जानकारी दिनुभयो।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker