एकीकृत सेवा प्रवाहका लागि शुक्लागण्डकीले सञ्चालन गर्‍यो घुम्ती शिविर

भञ्ज्याङ समाचारदाता/दुलेगौंडा

तनहुँको शुक्लागण्डकी नगरपालिकाले घुम्ती शिविर मार्फत घरदैलोमै एकीकृत सेवा पुर्‍याउने उद्देश्यका साथ एकीकृत घुम्ती शिविर सञ्चालन गरेको छ । ग्रामीण क्षेत्रका बासिन्दालाई सहज रुपमा गाउँघरमै नगरपालिकाको सेवा उपलब्ध गराउने उद्देश्यले घुम्ती सेवा शिविर सञ्चालन गरिएको हो ।

नगरपालिकाको वडा नं. १ बाट सोमबारदेखि शिविर सञ्चालन गरी सहज रुपमा सेवा लिन पाउँदा ग्रामीण क्षेत्रका बासिन्दा दङ्ग परेका छन्। सोमबार शिविरमै क्लबको खेल मैदान निर्माणको योजना सम्झौता गरेका जस्मिन हिराक मुस्लिम युवा क्लबका अध्यक्ष सफि मोहम्मद मियाँले स्थानीय सरकारबाट खोजेको सेवा बल्ल पाएको बताए ।

उनले भने, ‘जनताले चाहेको सेवा नै यहि हो । थप्रेकबाट दुलेगौँडा जाँदा पैसा मात्र नभएर दिनभरको समय खर्चनु पथ्र्यो । अहिले एकैछिनमै काम भयोे । यस्तो शिविर समय समयमा सञ्चालन गर्नुपर्दछ ।’

मियाँ टोलका ७६ बर्षीय इमान बकस मियाँले शिविरबाटै ज्येष्ठ नागरिक परिचय पत्र प्राप्त गरेका छन् । घरदैलोमै परिचय पत्र लिन पाउँदा उनी खुसीले दङ्ग देखिन्थे । उनले भने, ‘पहिला नगरपालिका गएर परिचय पत्र बनाउन निकै समस्या थियो । जाँदा आउँदाको भाडा, खाजा गर्दा कम्तिमा हजार रुपैयाँ खर्च हुन्थ्यो। आज घरदैलोमै परिचय पत्र बनाउन पाइयो । म त बहुत खुसी छु ।’

स्थानीय कृषक ममिता गुरुङले नगरपालिकाबाट स्रहानीय कामको थालनी भएको बताइन् । यो कार्यक्रम जनताको सेवा र सुविधा लागि अति प्रभावकारी भएको उनले बताइन । वडा नं. १ भौगोलिक रुपमा फिजारिएको हुँदा सबैले सेवा पाउने गरी एक/दुइ हप्ता अगाबै वडावासीलाई जानकारी गराएर काम गर्न सके अझ प्रभावकारी हुने स्थानीय कृषक गुरुङले बताइने ।

यस्तै, प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले स्थानीय सरकार, गाउँ-गाउँमा सिंहदरबार भन्ने नारा संस्थागत हुन नसकेको अवस्थामा जनताको समस्या समाधान गर्नुपर्छ भन्ने मान्यताले घुम्ती शिविर सञ्चालन गरिएको बताए ।

‘सरकारले मुख्य सेवा दिने भनेको जनतालाई हो । जनता सेवा लिन आउने होइन कि, सेवा दिन जनताको नजिक जानर्ुपर्छ भन्ने मान्यता स्थापित गर्नुपर्छ’, उनले भने, ‘साविकको गाविसबाट हुने काम गर्न समेत घण्टौ हिडेर नगरपालिका जानुपर्ने जनताको समस्या समाधान गर्ने नगरपालिकाको लक्ष्य रहेको छ ।’

शिविरमार्फत योजना सम्झौता, उपभोक्ता समिति अभिमुखिकरण, सामाजिक सुरक्षा, पञ्जिकरण, रोजगार सेवा केन्द्र परामर्श, कृषि सम्बन्धी परामर्श, पशु सेवाबारे जानकारी र सामान्य स्वास्थ्य सेवा समेत दिइने प्रमुख प्रशासकीय अधिकृत लामगादेले बताए ।

यस्तै, नगर उप-प्रमुख खुमबहादुर वि.क -राजु)ले आफुहरु निर्वाचित भएर आउने बित्तिकै सेवा प्रवाह केन्द्र सञ्चालन गरिएको र यो घुम्ती शिविर पनि त्यसैको विस्तारित रुप भएको बताए । उनले भने ‘अहिले नगरपालिकामा कुनै पनि काम गर्न कोठा-कोठा चाहार्नु पर्दैन । तपाई एउटा सोफामा आन्नदसंग बस्नुस्, फाइल कहाँ पुर्‍याउने, सम्झौता र भुक्तानीका सबै काम हाम्रा कर्मचारीले गरिदिनुहुन्छ । त्यसैको विस्तारित रुप अनुसार हामीले मुख्य गरी दुरदराजका वडाहरुमा सक्दो धेरै पटक सेवा लिएर जाने नीति लिएका छौँ ।’

‘अब जनता सेवा खोज्दै जान नपर्ने र स्थानीय सरकार जनता खोज्दै गाउँमा आउने नीति अवलम्बन गर्ने गरी हामी अगाडि बढेका छौं’, उनले भने, ‘हाम्रो कार्यकालभित्र यहाँका बाटो कालोपत्रे, खानेपानी व्यवस्थित र ग्रामीण उत्पादनको बजारीकरणकाका विषयलाई मुख्य प्राथमिकतामा राखेर काम गरेका छौं ।’

वडा नं. १ को शिविरमा ११ वटा योजना सम्झौता, ९ वटा ज्येष्ठ नागरिक परिचय पत्र, एउटा टोल विकास संस्थाको नविकरण र ५० जना कृषकलाई किटनाशक विषादी वितरण गरिएको वडाध्यक्ष रविचन्द्र पौडेलले बताए ।

यस्तै, वडा नं. १० मा मंगलबार सञ्चालन गरिएको घुम्ती शिविरमा ३१ वटा योजनाको सम्झौता गरिएको छ । भवन निर्माणका १२ वटा, खानेपानी योजनाका ५ वटा, सिँढी निर्माणका ४ वटा, मोटरमार्ग स्तरोन्नती र नाला निर्माणका ४ वटा, धार्मिक सम्पदाको तारबारका २ वटा, ट्रष्ट निर्माणका २ वटा, रेलिङ र खेलमैदान निर्माणको १/१ वटा योजनाको सम्झौता गरिएको वडा अध्यक्ष राजेन्द्र भट्टराइले बताए ।

शिविरमा ७ जनालाई ज्येष्ठ नागरिक परिचयपत्र प्रदान गरिएको छ भने ५२ जनाले रक्तचापको जाँच गराएका थिए । स्थानीय ४६ जना कृषकलाई किटनाशक विषादी, माटे र जुकाको औषधी वितरण गरिएको बताइएको छ । वडाबाटै योजनाको सम्झौता गर्न पाउँदा स्थानीयवासीले सुसी व्यक्त गरे । नगरपालिकाको टिम वडामै आएर काम गरिदिदाँ पैसा र समयको बचत भएको र आफुहरुलाई निकै सहज भएको स्थानीइ सेवाग्राहीले बताएका छन् ।

वडा अध्यक्ष राजेन्द्र भट्टराइले सबैको साथ र सहभागीताबाट वडा नं. १० लाई नगरपालिकाकै उत्कृष्ट वडा बनाउनु पर्ने बताए । त्यसका लागि बेलैमा योजना सम्झौता गरी काम सम्पन्न गर्न उपभोक्ता समितिहरुलाई आग्रह गरेका छन् । उनले भने ‘हामी वडालाई नगरकै नम्बर वान वडा बनाउने अभियानका साथ अगाडि बढेका छौँ । यो अभियानमा तपाईहरुले भरपुर सहयोग गर्नुपर्छ । सम्झौताको फाइनल थन्काएर राख्ने होइन, भोलिदेखि नै योजनाको काम गर्नुस् ।’

शिविरमा आर्थिक विकास शाखा प्रमुख नवराज पण्डित, लेखा शाखा प्रमुख कोपिला भट्टराइ, सामाजिक शाखा प्रमुख हिमा पोख्रेल, पूर्वाधार विकास शाखा प्रमुख इन्जिनियर तारापति भट्टराइ, योजना शाखा प्रमुख पुष्पराज गिरी, पञ्जिकरण शाखा प्रमुख मञ्जु सुवेदी, सव इन्जिनियर किशोर खड्का, कृषि तथा पशु शाखाका कर्मचारी, स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरु, बैंकका कर्मचारीहरु र वडाका जनप्रतिनिधिहरु लगायतको सहभागिता रहेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker