डुम्रे–छिर्कन सडक कालोपत्रको चरणमा

पृथ्वीराजमार्गको पोखरा–मुग्लिन सडकअन्तर्गत डुम्रे–छिर्कन छ किलोमिटर खण्ड कालोपत्रको चरणमा पुगेकोे छ । बन्दीपुर–१ नाहलापुलबाट व्यास–१२ छिर्कनसम्म कालोपत्रको तयारी गरिएकोे हो ।

यसअघि कात्तिकमा उक्त सडकमा एकतर्फी कालोपत्र गरिएको थियो । पोखरा–मुग्लिन सडक आयोजना (पूर्वी खण्ड)का इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार कालोपत्र गर्न अर्कोतर्फ धमाधम गिट्टी राखिँदैछ । त्यसमाथि राखिएको ‘बेस’ सुकेपछि प्राइम कोट प्रयोग गरी कालोपत्र गरिनेछ ।

उक्त राजमार्गको पूर्वी खण्डमा करिब १२ किलोमिटर एकतर्फी कालोपत्र भइसकेको छ । एक साताभित्र थप तीन किलोमिटर कालोपत्र गरिने इञ्जिनियर पाण्डेले राससलाई जानकारी दिनुभयो । आँबुखैरेनी खण्डमा करिब दुई किलोमिटर बाटो दुवैतर्फ कालोपत्र भइसकेको छ ।

पोखरा–मुग्लिन सडक योजना पूर्वी खण्डको रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का लागेको हो । चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले आगामी वैशाखसम्ममा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको इञ्जिनियर पाण्डेले बताउनुभयो । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker