एमालेका उम्मेदवार भन्छन् : देश र जनताको समृद्धि र सुखशान्तिका लागि हाम्रो उम्मेदवारी

भञ्ज्याङ समाचारदाता/तनहुँ

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँबाट उम्मेदवारी मनोनयनपत्र दर्ता गराएका नेकपा एमालेका उम्मेदवारहरुले देश र जनताको समृद्धि र सुखशान्तिका लागि हाम्रो उम्मेदवारी भएको बताएका छन् ।

तनहुँ निर्वाचन क्षेत्र नं. १ को दमौली स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन क्षेत्र नं. २ को दुलेगौंडा स्थित निर्वाचन अधिकृतको कार्यालयमा आइतबार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा उम्मेदवारी मनोनयनपत्र दर्ता गराएपछि उम्मेदवारहरुले उक्त प्रतिक्रिया दिएका हुन ।

नेकपा (एमाले)ले तनहुँ क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्यमा एक बहादुर रानाले उम्मेदवारी दिएका छन् । प्रदेशसभा सदस्य (क) मा रामबहादुर गुरुङ र (ख) मा पूर्णबहादुर गुरुङले उम्मेदवारी दर्ता गराएका छन् ।

तनहुँ क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङले उम्मेद्वारी दर्ता गराएका छन् । प्रदेशसभा सदस्यका लागि (क) मा श्यामराजा महत र (ख) मा केदार सिग्देलले उम्मेद्वारी दर्ता गराएका छन् ।

उम्मेदवारी दर्ता गराउँदै नेकपा एमालेका उम्मेदवारहरुले ‘समृद्ध नेपाल, सुखी नेपाली’ हामी प्रत्येक नेपालीको इच्छा, आकाङ्क्ष र चाहना हो, हामीले देख्ने एउटै साझा सपना पनि भएकाले त्यसलाई पूर्ण गर्ने हाम्रो साझा दृष्टिकोण, लक्ष्य, उद्देश्य र संकल्पका साथ उम्मेदवारी दिएको बताएका छन् ।

तनहुँ क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका एमाले स्थायी कमिटी सदस्य किरण गुरुङले आफु र आफ्नो पार्टीबाट उम्मेदवार बनेकाहरुको धारणा बारे प्रष्ट पारेका छन् ।

गुरुङले आफ्नो पार्टीको उम्मेदवारी सम्पूर्ण रूपमा मुलुकको राजनीतिक स्थायित्व र स्थिरता, राष्ट्रिय स्वाभिमान र अखण्डता, मुलुकको समृद्धि र अग्रगामी परिवर्तन, देश र जनताको सार्वभौमिकता, संविधानको रक्षा र कार्यान्वयन, नीति र कानुन निर्माण, विधि र सुशासनको निम्ति भएको उल्लेख गरेका छन् ।

गुरुङले भनेका छन्, ‘आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा नेकपा (एमाले)को तर्फबाट तनहुँ क्षेत्र नम्बर २ मा उम्मेदवारी मनोनयन दर्ता गरेको छु । तपाईंहरूबाट सदैव माया, स्नेह र सद्भाव प्राप्त गरेकैछु, फेरि पनि यसपटक तपाईंहरूको बलियो साथ र समर्थनको अपेक्षा गरेको छु ।’

गुरुङले भनेका छन्, ‘आफ्नो क्षमता, बुद्धि र विवेकले भ्याएसम्म इमान्दारितापूर्वक जनप्रतिनिधिको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । ‘समृद्ध नेपाल, सुखी नेपाली’ हामी प्रत्येक नेपालीको इच्छा, आकाङ्क्ष र चाहना हो, हामीले देख्ने एउटै साझा सपना पनि हो । त्यसलाई पूर्ण गर्ने हाम्रो साझा दृष्टिकोण, लक्ष्य, उद्देश्य र संकल्पमा म दृढ रहनेछु ।’

‘इमान्दारिता मेरो राजनीतिक जीवनको ठूलो सम्पत्ति हो । देश र जनता, राष्ट्र र राष्ट्रियता तथा लोकतन्त्र र परिवर्तनको पक्षमा मेरो सक्रियता, त्याग र बलिदान मेरो जीवनको अभिन्न अङ्ग हुन् भन्ने लाग्छ, जुन तथ्य यहाँहरू समक्ष लुकेको छैन’, उम्मेदवार गुरुङले भनेका छन्, ‘उच्च मनोबलका साथ, देश र जनताको आकाङ्क्ष अनुरूप, मुलुकको अग्रगामी परिवर्तन अर्थात् समृद्धिकरुो बाटोमा अविश्राम गतिमा लागि रहने प्रण गर्दछु । विकास, फेरि विकास र निरन्तर विकास तथा परिवर्तन, फेरि परिवर्तन र अग्रगामी परिवर्तन मेरो गति हो ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker