बन्दीपुरमा यःमरि पुन्हि मनाउँदै

तनहुँको बन्दीपुरमा नेवाः देय दबु बन्दीपुर गाउँ कार्यसमितिले मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मंगलबार यःमरी पुन्हि मनाउँदै । नयाँ धान भित्रयाएको खुसीयालीमा नेवार समुदायले यःमरी पूर्णिमा अर्थात् यःमरी पुन्हि मनाउने गर्दछन् । ‘यः’ को अर्थ नेपाल भाषामा मनपर्ने, ‘मरी’ भनेको रोटी र पुन्हिको अर्थ पूर्णिमा हो अर्थ राख्दै धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाउने प्रचलन युगौँदेखि जारी छ । नेवार समुदायले ठूलो चाडका रूपमा मनाउने गर्छन् ।

यस पर्वमा खाद्य पदार्थको रसिलो चाडका साथै नयाँ धानबाट बनेको चामलको पिठोमा चाकु, खुवा र तिल राखेर मिठो यःमरी बनाउने गरिन्छ । नेवाः देय दबुले बन्दीपुरमा यःमरी बनाएर पर्यटकलाई बिक्री वितरण समेत गरेका थिए ।

तस्विर : भञ्ज्याङ










