भिटामिन ए खुवाईदै

तनहुँको ऋषिङ गाउँपालिकाअन्तर्गत ग्वास्लुङ्ग सामुदायिक स्वास्थ्य इकाईका स्वास्थ्यकर्मी सेवा क्षेत्रका बालबालिकालाई यस आर्थिक वर्षको पहिलो चरणको राष्ट्रिय भिटामिन ‘ए खुवाउँदै ।

स्वास्थ्य इकाईले भिटामिन ए संगै विहीबार जुकाको औषधी वितरण र बालभिटा वितरण तथा पोषण लेखाजोखा कार्यक्रम संचालन गरेको छ ।

यस्तै, तनहुँका दशवटै पालिकाका स्वास्थ्य शाखा, स्वास्थ्य चौकी तथा इकाईहरुले भिटामिन ए, जुकाको औषधी वितरण तथा बालभिटा वितरण र पोषण लेखाजोखा लगायतका कार्यक्रम गरेका छन् ।

तस्विर : भञ्ज्याङ










